मनोज गजुरेलको पूर्वपत्नी मिना ढकाल प्रक्राउ



हाम्रो इकोनोमि

 

 

मनोज गजुरेलको पुर्वपत्नि मिना ढकाल प्रक्राउ परेका छन । मीनाले केही केटाहरू लिएर बालकोटस्थित गजुरेलको घरमा पुगी गुण्डागर्दी गरेकी छन् । उनले गजुरेलकी ८५ वर्षीया आमालाई लछारपछार पार्नुका साथै घरमा ताला लगाउने प्रयास गरेकी थिइन् । प्रहरीले उनलाई घर नजिकैबाट पक्राउ गरेको छ ।डिभोर्स भएलगत्तैदेखि सामाजिक सञ्जालमार्फत मनोजको चरित्रहत्यामा उत्रिँदै आएकी थिइन् मीना । कहिले युट्यूबरलाई अन्तरवार्ता दिएर त कहिले टिकटकमा गालीगलौज गरेर उनले मनोजलाई मानसिक यातना दिइरहिन् । यो क्रम आजको दिनसम्म पनि टुटेको छैन ।

मनोज मात्र नभएर उनका छोराछोरी पनि आमाको हर्कतबाट हैरान छन् । डिभोर्सपछि बुवासँग छोरा र आमासँग छोरी बस्ने सम्झौता भएको थियो । तर, छोरी आमासँग धेरै दिन टिक्न सकिनन् । उनी फर्केर बुवासँगै आइन् । अहिले उच्च शिक्षाका लागि बिदेसिएकी छन् । छोरा मिरोज भने मानसिक समस्याबाट गुज्रिरहेका छन् । आमाले बुवालाई दिएको पीडालाई मिरोजले र्‍याप बनाएर गाएका समेत थिए । केही दिनअघि मनोज टिभी रियालिटी शो ‘कमेडी च्याम्पियन’ मा आफ्नो छोराको अवस्था सम्झेर भक्कानिएका थिए । त्यसपछि मीनाले फेरि टिकटकमा मनोज र मिराजमाथि लगातार विषवमन सुरु गरिन् । निकटस्थ स्रोतका अनुसार पछिल्ला केही दिनदेखि मीनाले छोरालाई पनि लगातार टर्चर दिन थालेकी छन् । उनले धम्कीका म्यासेजहरू पठाउने गरेको स्रोतले बताएको छ । आज बिहान मनोज घरबाट निस्केको थाहा पाएपछि मीना ‘अभियन्ता’ भनिने केही केटाहरू लिएर उनको घरमा पुगेकी थिइन् । उनीहरुले सुरुमा ढोका ठटाएर फुटाउने प्रयास गरे । घरभित्र घुसेर मनोजकी आमालाई मीना स्वयम्ले हातपात र लछारपछार गरिन् । काकीलाई पनि पिटिन् । त्यो देखेर झापाबाट उपचारका लागि आएकी मनोजकी दिदी भूईंमा ढलेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...