५५ हजार ४१० पीडितको उजुरी , ११ अर्ब ६६ करोड मागदाबी



हाम्रो इकोनोमि

 

 

नेपाल प्रहरीले सहकारीसम्बन्धी पाँच हजार तीन सय उजुरी दर्ता भएको जनाएको छ । सिंहदरबारमा शुक्रबार बसेको सहकारीको संस्था बचत रकम सम्बन्धमा संसदीय छानबिन समिति बैठकमा उपस्थीत भएका प्रहरी अधिकारीले हालसम्म सहकारी रकम दुरुपयोगका सम्बन्धमा पाँच हजार तीन सय उजुरी दर्ता भएको जानकारी दिएका हुन् । ५५ हजार ४१० पीडितले उजुरी दर्ता गरेको र ११ अर्ब ६६ करोड ४७ लाख माग दाबी गरेको जानकारी प्राप्त भएको समिति सभापति सूर्य थापाले जानकारी दिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र अपराध अनुसन्धान विभागले सहकारीसम्बन्धी उजुरीको अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा ११ सय प्रतिवादी मध्ये २९४ जना पक्राउ परेको र ८५६ जना फरार रहेको जानकारी समेत प्राप्त भएको थापाले जानकारी दिए । त्यस्तै, उनले अनुसन्धानका क्रममा डमी ऋणी समेत खडा गरेको पाइएको बताए । समितिले छलफलका लागि गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुवँर, केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुख श्यामलाल ज्ञवाली, अपराध अनुसन्धान कार्यालयका प्रमुख टेकबहादुर तामाङ लगायतसँग छलफल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...