५५ हजार ४१० पीडितको उजुरी , ११ अर्ब ६६ करोड मागदाबी



हाम्रो इकोनोमि

 

 

नेपाल प्रहरीले सहकारीसम्बन्धी पाँच हजार तीन सय उजुरी दर्ता भएको जनाएको छ । सिंहदरबारमा शुक्रबार बसेको सहकारीको संस्था बचत रकम सम्बन्धमा संसदीय छानबिन समिति बैठकमा उपस्थीत भएका प्रहरी अधिकारीले हालसम्म सहकारी रकम दुरुपयोगका सम्बन्धमा पाँच हजार तीन सय उजुरी दर्ता भएको जानकारी दिएका हुन् । ५५ हजार ४१० पीडितले उजुरी दर्ता गरेको र ११ अर्ब ६६ करोड ४७ लाख माग दाबी गरेको जानकारी प्राप्त भएको समिति सभापति सूर्य थापाले जानकारी दिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र अपराध अनुसन्धान विभागले सहकारीसम्बन्धी उजुरीको अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा ११ सय प्रतिवादी मध्ये २९४ जना पक्राउ परेको र ८५६ जना फरार रहेको जानकारी समेत प्राप्त भएको थापाले जानकारी दिए । त्यस्तै, उनले अनुसन्धानका क्रममा डमी ऋणी समेत खडा गरेको पाइएको बताए । समितिले छलफलका लागि गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुवँर, केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुख श्यामलाल ज्ञवाली, अपराध अनुसन्धान कार्यालयका प्रमुख टेकबहादुर तामाङ लगायतसँग छलफल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...