४७ अंकले बढ्यो शेयर बजार, कांग्रेस-एमाले सहकार्य प्रभाव



हाम्रो इकोनोमि

 

 

आज शेयर बजार ४७.०४ अंकले बढेको छ । मंगलबार बजार खुलेपछि दुई पटकसम्म सर्किट ब्रेक लगेको नेप्से परिसूचक अन्ततः ४७.०४ अंकले बढेर २१००.४३ को बिन्दुमा अडिएको छ । यस दिन बजारमा १ करोड १६ लाख ४५ हजार ९०५ कित्ता सेयरको खरिदबिक्री हुँदा ४ अर्ब ५७ करोड ६८ लाख ३१ हजार रुपैयाँको कारोबार भएको छ । मंगलबार प्रिओपन सेसनबाटै दोहोरो अंकले बढ्दै गएको नेप्से तीव्र उतारचढावपछि बिस्तारै सम्हालिदै गएको थियो । कारोबारका आधारमा यस दिन १२ करोड ३३ लाख ८५ हजार रुपैयाँको कारोबारका साथ एनआरएन इन्फास्टकचर एन्ड डेभलपमेन्ट लिमिटेड शीर्ष स्थानमा रहेको छ ।

यस्तो रह्यो उतारचढाव

बजार खुलेको एक मिनेटमै पहिलो सर्किट ब्रेक लगेर २० मिनेटका लागि कारोबार बन्द भएको थियो । जहाँ एक मिनेटमै ८२.४८ अंकले २१३५.८७ को बिन्दुमा पुगेको थियो । पहिलो सर्किट ब्रेकपछि २० मिनेटका लागि बन्द भएको बजार ११ बजेर २१ मिनेटमा खुलेको थियो । पहिलो सर्किटपछि खुलेको बजार एक मिनेट पनि नहुँदै ११ बजेर २१ मिनेटमै दोस्रो सर्किट ब्रेक लागेको थियो । दोस्रो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक १०२.६८ अंकले बढेर २१५६.०७ बिन्दुमा अडिएको थियो । दोस्रो सर्किट लाग्दा ३ लाख ४६ हजार ५३५ कित्ता शेयरको खरिदबिक्री हुँदा १४ करोड १७ लाख ७३ हजार रुपैयाँको कारोबार भएको थियो । शेयर बजारमा एक घण्टाअघि ४ प्रतिशतले नेप्से परिसूचक बढ्दा २० मिनेटलाई ब्रेक लाग्छ । भने, २ घण्टाअघि ५ प्रतिशतले नेप्से परिसूचक बढ्दा ४० मिनेटका लागि ब्रेक लाग्छ । त्यसै गरी ६ प्रतिशतले परिसूचक बढेमा दिनभरिको कारोबारमा ब्रेक लाग्ने गर्दछ । अर्थात् दिनभरको कारोबार नै बन्द हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...