पत्रकार महासंघको निर्वाचनमा सहभागी नहुने प्रेस युनियनको चेतावनी



हाम्रो इकोनोमि

 

 

प्रेस युनियन पत्रकार महासंघको निर्वाचन प्रक्रियामा सहभागी नहुने चेतावनी दिएको छ । युनियनले आज प्रेस विज्ञप्ति जारी गरेर पत्रकार महासंघको निर्वाचन प्रक्रियामा सहभागी नहुने चेतावनी  दिएकाे हाे । नेपाल पत्रकार महासंघको सदस्यता विवादलाई विधान अनुसार टुंग्याउन पत्रकार महासंघको नेतृत्वले उदासिनता देखाएको प्रति युनियनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।महासंघको सदस्यता विवाद सुल्झाएर सबैको स्वीकार्यता नहुँदासम्म निर्वाचन प्रक्रिया अघि नबढाउन नेपाल पत्रकार महासंघ र महासंघको निर्वाचन समितिलाई युनियनले आग्रह गरेको छ, महासंघको नेतृत्वले प्रेस युनियनसँग गरेको प्रतिवद्धता कार्यान्वयन नगरी महासंघको विधि अनुसार सदस्यता विवाद नटुंगाई एक पक्षीय रुपमा निर्वाचन प्रक्रिया अघि बढाएमा युनियन पत्रकार महासंघको अहिलेको निर्वाचन प्रक्रियामा सहभागी नभई चरणबद्ध आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...