गोर्खा मिडियाको कागजात माग्यो सहकारी छानबिन समितिले



हाम्रो इकोनोमि

 

 

सहकारी छानबिन विशेष समितिको बैठकले गोर्खा मिडिया नेटवर्क प्रालि र ९ सहकारीको कागजात माग गर्ने निर्णय गरेको छ । बुधबार बसेको छैठौं बैठकले ९ वटा सहकारीसँग सम्बन्धित कागजातहरू र विभिन्न सहकारीबाट गोरखा मिडिया लगायतमा प्रवाह भएको रकमको कागजात उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको हो । आजको बैठकले आइडियल यमुना बहुउद्देश्यीय सहकारी, इमेज, सहारा, समानता, सानो पाइला, सुप्रिम, सूर्यदर्शन, सुमेरू र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको कागजात माग गरिएको छ । यी सहकारीहरूको पछिल्लो साधारण सभाको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, सञ्चालक समितिको विवरण, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन र वित्तीय विवरण माग गर्ने निर्णय भएको छ । आजको बैठकमा समितिले सहकारी क्षेत्रका जानकार मानिने पूर्वमन्त्री दीपकप्रकाश बाँस्कोटा र केशवप्रसाद बडालसँग सल्लाह सुझाव लिएको छ ।  राजनीतिमा आउनुअघि गृहमन्त्री रवि लामिछाने गोर्खा मिडियाको प्रबन्ध निर्देशक थिए ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...