मुद्दा दायर हुँदैमा दोषी प्रमाणित हुँदैन : प्रवक्ता शर्मा



हाम्रो इकोनोमि

 

 

 सरकारकी प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले कसैविरूद्व मुद्दा लाग्दैमा दोषी प्रमाणित नहुने जिकिर गरेकी छन् । निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरेर सरुवा गरेपछि उनले आरोप लाग्दैमा दोषी प्रमाणित नहुने बताइन् । मन्त्रिपरिषद्को बैठकपछि उनले सञ्चारकर्मीसँग भने, ‘कसैलाई मुद्दा दायर हुँदैमा दोषी प्रमाणित हुँदैन । मुद्दा अवधिभर उहाँको पद स्वतः निलम्बनमा हुन्छ । त्यो पद रिक्त भएको अवस्था होइन । एकातिर उहाँ निलम्बनको अवस्थामा हुनुहुन्छ । अर्कोतिर पद रिक्त भएको छैन । त्यसैले कायम मुकायम गर्न वा रिकन्फर्म गर्न र अरू कुनै गर्नलाई पनि बाटो नखुल्ने भएको कारणले विशेष पद सिर्जना गरिएको हो । उनले अर्यालको कार्यअवधिभर विशेष पद रहने उल्लेखै गर्दै अवधि सकिएपछि स्वतः हट्ने बताइन् । निलम्बित मुख्य सचिव अर्यालले राजीनामा नदिएपछि उनलाई विशेष पद सिर्जना गरेर आजै बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगमा सरुवा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...