संसद भवनमा कर्मचारीहरूको धर्ना



हाम्रो इकोनोमि

 

 

 सेवा सुविधा थपको मागसहित आन्दोलनमा उत्रिएका संघीय संसद् सचिवालयका कर्मचारीले संसद भवन नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन् । केहीदिनयता विभिन्न मागसहित आन्दोलन गरिरहेका कर्मचारीहरू संसद भवनअगाडि हातमा कालोपट्टी बाँधेर विरोधमा उत्रिएका हुन् । कर्मचारीहरूको आन्दोलनका कारण बिहान ११ बजे बोलाइएको संसद बैठक पनि ढिला भएको छ । आज बिहानमात्र बालुवाटारमा बसेको बैठकले संघीय संसद सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न कानूनमन्त्री पदम गिरीको नेतृत्वमा महासचिव पद्मप्रसाद पाण्डे र अर्थ मन्त्रालयका सचिव मधु मरासिनी सदस्य रहेको समिति गठन गरेको छ ।असार ७ गतेसम्म माग सुनुवाइ नभए तेस्रो चरणको आन्दोलन थाल्ने कर्मचारीले आन्दोलन घोषणा गरेका थिए । कर्मचारी प्रशासन नियमावली २०६५ लाई अद्यावधिक गर्नुपर्ने, अतिरिक्त समयको प्रोत्साहन भत्ता दिनुपर्नेलगायतका माग उनीहरूको छ । करारका कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनुपर्ने माग पनि उनीहरूको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...