१३ खर्ब नाघ्यो वैदेशिक व्यापार घाटा



हाम्रो इकोनोमि

 

 

चालू आर्थिक वर्षको ११ महिनामा नेपालको आयात र निर्यात दुवै घटेको छ । आर्थिक वर्ष २०८०/८१ को जेठ महिनासम्म देशको आयात १.८४ प्रतिशत र निर्यात ३.०१ प्रतिशतले घटेको हो । त्यस्तै, जेठ मसान्तसम्म नेपालको व्यापार घाटा १३ खर्ब १४ अर्ब ४४ करोड १८ लाख ५८ हजार पुगेको भन्सार विभागको तथ्यांकले देखाएको हो । भन्सार विभागका अनुसार जेठ मसान्तसम्म नेपालले १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख ९२ हजारको वस्तु आयात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म १४ खर्ब ८० अर्ब ९८ करोड ११ लाख २६ हजार रुपैयाँको आयात गरेको थियो । त्यस्तै, ११ महिनाको अवधिमा कुल १ खर्ब ३९ अर्ब २६ करोड २३ लाख ३३ हजार बराबरको वस्तु निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ४३ अर्ब ५८ करोड ६५ लाख ४४ हजार बराबरको वस्तु निर्यात भएको थियो । जुन ३.०१ प्रतिशतले कम हो । चालू आवको ११ महिनामा नेपालको कुल वैदेशिक व्यापार १५ खर्ब ९२ अर्ब ९६ करोड ६५ लाख रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...