भुक्तानी नगरेको भन्दै दुग्ध किसानहरु धर्नामा



हाम्रो इकोनोमि

 

 

दुग्ध विकास संस्थान (डीडीसी)ले रकम भुक्तानी नगरेको भन्दै आन्दोलनरत दुग्ध किसानहरु आज धर्नामा बसेका छन् । उनीहरु लैनचौरस्थित डीडीसी कार्यालय नजिक धर्नामा बसेका हुन् । उनीहरुले बुधबार डीडीसीको कार्यालय अगाडि विरोध प्रदर्शन गरेका थिए । बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा भएको छलफल निष्कर्षविहीन भएपछि किसानहरुले आन्दोलनलाई जारी राखेका छन् । यो विषयमा मन्त्री ज्वाला कुमारी साहले अर्थमन्त्रीसँग पनि छलफल गर्ने तयारी गरेकी छन् । सरकारले विगतमा सहमति गरे पनि ७ महिनादेखि दूधको भुक्तानी नगरेको भन्दै किसानहरु आन्दोलित भएका हुन् । केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवरका अनुसार गत वैशाखमा रकम थोरै भुक्तानी भए पनि लगातार भुक्तानी नहुँदा समस्या परेको बताए । उनका अनुसार किसानले अझै ४ अर्ब रुपैयाँभन्दा धेरै भुक्तानी पाउन बाँकी छ । किसानहरुले बुधबार डीडीसीको कार्यालयमा तालाबन्दीको प्रयास गरेका थिए । त्यसपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...