न्यूरोडमा सवारी निषेध प्रस्तावको विरोधमा उत्रिए स्थानीय



 

 

न्यूरोड क्षेत्रलाई काठमाडौं महानगरले सवारी निषेध क्षेत्र बनाउन लागेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् । नेपालकै ऐतिहासिक महत्व बोकेको न्युरोड क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउन नहुने उनीहरूको भनाइ छ । महानगरले आफ्नो नीति तथा कार्यक्रममा न्यूरोड क्षेत्रलाई नो भेहिकल जोन बनाउने प्रस्ताव राखिएकाले विरोध गर्नुपरेको स्थानीयको भनाइ छ । स्थानीय वासिन्दा मदनकुमार कार्कीले महानगरले गरेको प्रस्ताव व्यवहारिक नभएको र स्थानीयको भावनाविरोधी रहेको बताए । स्थानीय बासिन्दाको सम्पति छाडेर नेपालको पहिलो पिच गरिएको बाटो निर्माण गरिएको भन्दै उनले यसलाई मास्न नहुने धारणा राखे । त्यस्तै स्थानीय शैलेशरत्न शाक्यले स्थानीयको आवाजलाई दबाएर महानगरले जबर्जस्त कुनै काम गर्न नपाउने बताए । ऐतिहासिक स्थानलाई ‘नो भेहिकल जोन’ बनाउने कुराको विरोध हुनु स्वाभाविक रहेको उनको जिकिर छ । अर्का स्थानीय कोमल तुलाधरले न्यूरोड क्षेत्रलाई नो भेहिकल जोन बनाउदा यस क्षेत्रको व्यापार व्यवसाय ठप्प हुने र स्थानीय विरामीका साथै समस्या हुँदा असर पर्ने भएकाले विरोध जनाएको बताए । स्थानीयहरुले भेहिकल फ्रि जोन धोका हो, हामी मान्दैनौं, न्यूरोडमा गाडी जीवनको सामान्य आवश्यकता हो, सेभ न्यूरोडलगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
नेकपा एसका ५ सांसदसहित १३४ केन्द्रीय सदस्य पार्टी फुटाउने पक्षमा

    अध्यादेशबाट बनेको नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू राजनीतिक दल विभाजन सहज

नेकपा एस एकढिक्का छ : माधव नेपाल

    नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी अरुमा विलीन हुन लागेको

पार्टीको परीक्षण निर्वाचनले गर्छ, सामाजिक सञ्जालले होइन : शंकर पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले अन्य पार्टीका नेता-कार्यकर्तालाई एमालेको चिन्ता नलिन

हेटौँडा-कुलेखानी-सिस्नेरी-काठमाडौँ सडक खुल्यो

    हेटौँडा–काठमाडौँलाई जोड्ने हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडौँ सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ ।