न्यूरोडमा सवारी निषेध प्रस्तावको विरोधमा उत्रिए स्थानीय



हाम्रो इकोनोमि

 

 

न्यूरोड क्षेत्रलाई काठमाडौं महानगरले सवारी निषेध क्षेत्र बनाउन लागेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् । नेपालकै ऐतिहासिक महत्व बोकेको न्युरोड क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउन नहुने उनीहरूको भनाइ छ । महानगरले आफ्नो नीति तथा कार्यक्रममा न्यूरोड क्षेत्रलाई नो भेहिकल जोन बनाउने प्रस्ताव राखिएकाले विरोध गर्नुपरेको स्थानीयको भनाइ छ । स्थानीय वासिन्दा मदनकुमार कार्कीले महानगरले गरेको प्रस्ताव व्यवहारिक नभएको र स्थानीयको भावनाविरोधी रहेको बताए । स्थानीय बासिन्दाको सम्पति छाडेर नेपालको पहिलो पिच गरिएको बाटो निर्माण गरिएको भन्दै उनले यसलाई मास्न नहुने धारणा राखे । त्यस्तै स्थानीय शैलेशरत्न शाक्यले स्थानीयको आवाजलाई दबाएर महानगरले जबर्जस्त कुनै काम गर्न नपाउने बताए । ऐतिहासिक स्थानलाई ‘नो भेहिकल जोन’ बनाउने कुराको विरोध हुनु स्वाभाविक रहेको उनको जिकिर छ । अर्का स्थानीय कोमल तुलाधरले न्यूरोड क्षेत्रलाई नो भेहिकल जोन बनाउदा यस क्षेत्रको व्यापार व्यवसाय ठप्प हुने र स्थानीय विरामीका साथै समस्या हुँदा असर पर्ने भएकाले विरोध जनाएको बताए । स्थानीयहरुले भेहिकल फ्रि जोन धोका हो, हामी मान्दैनौं, न्यूरोडमा गाडी जीवनको सामान्य आवश्यकता हो, सेभ न्यूरोडलगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...