काठमाडौंमा पेट्रोलियम पदार्थको अभाव



हाम्रो इकोनोमि

 

 

काठमाडौंका पेट्रोल पम्पहरू बन्द गरिएको छ । हिजो साँझबाटै पेट्रोल अभाव देखाउँदै पम्पहरू बन्द गरिएको हो । सेना र प्रहरीद्वारा सञ्चालित पम्पमा अभाव नदेखिए पनि बिहानैदेखि ग्राहकको लामो लाइन छ । उपत्यकाका अधिकांश जसो पम्पमा ‘पेट्रोल छैन’ लेखेर झुण्ड्याइएको छ । पेट्रोलियम ट्यांकर चालक संघको आव्हानमा विभिन्न मागसहित मजदुरहरू आन्दोलनमा उत्रिएपछि पेट्रोल राजधानी भित्रिन पाएको छैन । ट्यांकर चालक / सहचालकहरुले नियुक्ति पत्र दिई तोकिएअनुसारको तलबको व्यवस्था गर्नुपर्ने, सामाजिक सुरक्षा कोषमा आवद्धता गरिनुपर्ने, जोखिम भत्ता दिइनुपर्नेलगायतका ७ बुँदे माग राखेका छन् । जेठ ३२ देखि कालो मट्टी बाँधेर आन्दोलन थालेका उनीहरूले असार १ मा ट्यांकरमा कालो झण्डा राखेका थिए । हिजोदेखि पूर्णरूपमा काम छाडेर गाडीको साँचो ट्यांकर धनीलाई बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...