चितवनमा पेस्तोल देखाएर सुन चाँदी र नगद लुटपाट



हाम्रो इकोनोमि

 

 

 

कालिका नगरपालिपका ६, खोलेसिमलमा रहेको सुनचाँदी पसलमा हतियार देखाएर लुटपाट भएको छ ।हिजो शनिबार राती पसल ८ः४० को समयमा विनोद सुनारको सुनचाँदी पसलमा हतियार देखाएर लुटपाट गरिएको चितवन प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लुटपाट गर्ने समूहले ३५ किलो चाँदी, ३ किलो सुन र दुई लाख रुपियाँ लुटेर लगेका हुन् । पसल बन्द गर्न अगाडिका दुई सटर झारिसकेको र एउछा मात्रै ढोका बन्द गर्न लाग्दा समुहमा आएका लुटेराले पेस्तोल देखाएर लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले जानकारी दिए । लुटेरा समूहले सुन पसलमा जडान गरिएको सिसिटिभिको डिस नै खोलेर लगेको प्रहरीले जनाएको छ । प्रहरीले लुटपाटमा संलग्न भएको आशंकामा ४ जनालाई पक्राउ गरि सोधपुछ गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...