चितवनमा बस र कार ठोक्किएर त्रिशुलीमा खस्यो, दुई जनाको अवस्था गम्भीर



हाम्रो इकोनोमि

 

 

चितवनको इच्छाकामना गाउँपालिका- ३ फिस्लिङ र मौवा खोला बीचमा कार र बस ठाेक्किएर घाइते भएकामध्ये कारमा सवार दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । गम्भीर घाइतेमध्ये  कार चालक पोखरा महानगरपालिका ५ घर भएका ३५ वर्षका समीर ओझा रहेका छन् । उनको टाउकोमा गम्भीर चोट लागेको छ भने कारमा सवार टोखा नगरपालिका ६, काठमाडौँका २२ वर्षका शेखर मिश्र रहेका छन् । उनको खुट्टा र टाउकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले जानकारी दिए । उनीहरु दुबैजनाको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जनाइएको छ । भने, बाँकी १० जना घाइतेको भरतपुरकै विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । बस चालक कोहलपुर नगरपालिका १२ घर भएका ३५ वर्षका विकास मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार आज बिहान करिब सात बजे काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको बा प्र ०१–०२९ च ३७२० नम्बरको कार र नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको भे १ ख ४०६२ रात्री बस ठाेक्किएर बस त्रिशुली किनारमा खसेकाे थियो । बसमा ३५ जना र कारमा ५ जना यात्रु रहेका थिए ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...