चितवनमा बस र कार ठोक्किएर त्रिशुलीमा खस्यो, दुई जनाको अवस्था गम्भीर



हाम्रो इकोनोमि

 

 

चितवनको इच्छाकामना गाउँपालिका- ३ फिस्लिङ र मौवा खोला बीचमा कार र बस ठाेक्किएर घाइते भएकामध्ये कारमा सवार दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । गम्भीर घाइतेमध्ये  कार चालक पोखरा महानगरपालिका ५ घर भएका ३५ वर्षका समीर ओझा रहेका छन् । उनको टाउकोमा गम्भीर चोट लागेको छ भने कारमा सवार टोखा नगरपालिका ६, काठमाडौँका २२ वर्षका शेखर मिश्र रहेका छन् । उनको खुट्टा र टाउकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले जानकारी दिए । उनीहरु दुबैजनाको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जनाइएको छ । भने, बाँकी १० जना घाइतेको भरतपुरकै विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । बस चालक कोहलपुर नगरपालिका १२ घर भएका ३५ वर्षका विकास मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार आज बिहान करिब सात बजे काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको बा प्र ०१–०२९ च ३७२० नम्बरको कार र नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको भे १ ख ४०६२ रात्री बस ठाेक्किएर बस त्रिशुली किनारमा खसेकाे थियो । बसमा ३५ जना र कारमा ५ जना यात्रु रहेका थिए ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...