स्थानीय जनताको दबाबले बगान सार्न खोजिएको हो : गिरीबन्धु टी स्टेट



हाम्रो इकोनोमि

 

 

झापामा रहेको गिरीबन्धु टी स्टेट प्रालिले पछिल्ला समयमा विभिन्न टिकाटिप्पणी गरी भ्रम छरिएको भन्दै आफ्नो स्पष्टीकरण पेश गरेको छ । पत्रकार सम्मेलनमार्फत् प्रालिले बिर्तामोड बजारको तीव्र विकास र विस्तार चिया बगान क्षेत्रमा फोहोर मैला फाल्ने भएको, चियाका बुट्टाहरु काटी दाउराको रुपमा लैजाने गरेको, आत्मा हत्याको प्रकरण हुने गरेकोजस्ता समस्याका कारण सबै दलको सहमतिमा बगान सार्न खोजिएको जनाएको छ । उल्लेखित अवस्था र परिस्थितिको कारण त्यस क्षेत्रबाट चिया बगान हटाउन निरन्तर जन दबाब आएको र स्थानीय जनतासँग राजनितीक दलका स्थानीय प्रतिनिधिहरू समेतको रोहबरमा छलफल हुँदा चिया बगान कायम राख्न तीव्र विरोध आएको कारण उक्त क्षेत्रबाट चिया बगान हटाउनु नै उपयुक्त हुने टुङ्गोमा पुगेर नै उपयुक्त ठाउँमा चिया बगानको ब्यवस्था गर्ने गरी, जग्गा सट्टा-पट्टाको लागी निवेदन गरिएको हो’, विज्ञप्तिमा उल्ले छ । गिरीबन्धु टी स्टेटले विभिन्न अफवाह, भ्रम र राजनीतिक खिचातानीको विषय नबनाइदिन पनि अनुरोध गरेको छ ।

  

प्रतिक्रिया दिनुहोस
लेखकलाई आयोगले बोलायो, देउवासँग परामर्श लिँदै

    जेनजी आन्दोलन जाँचबुझ आयोगले बयानमा बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखक...

एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...