भारतमा गठबन्धन सरकार बन्ने संकेत



 

 

भारतको लोकसभा निर्वाचनको मतगणना मंगलबार बिहानैदेखि चलिरहेको छ । अहिलेसम्म जम्मा तीन सिटको टुंगो लागेको छ, बाँकी ५४० मा गणना चलिरहेको छ । त्यसैले कुन दलले कति सिट जित्छ भन्न हतार हुन्छ । तर अहिलेसम्मको रुझान हेर्दा केही कुरा प्रष्ट भएको छ ।

४०० होइन, २७२ पार होला ?

१० वर्ष भारत सरकारको नेतृत्व गरेको भारतीय जनता पार्टी (भाजपा)ले यो पटक ४०० पारको नारा दिएको थियो । २०१९ मा एक्लै ३०३ सिट जितेको भाजपा नेतृत्वको एनडीए गठबन्धनले ३५३ सिट जितेको थियो । त्यसैले भाजपा नेताहरुले यो पटक एनडीए गठबन्धनले ४०० सिट जित्ने दाबी गरेका थिए । मतदान सकिएको दिन सार्वजनिक भएका एक्जिट पोलहरुमा समेत एनडीए गठबन्धनले ३५० देखि ४०० सम्म जित्ने दाबी गरिएको थियो । तर मंगलबार बिहान जब मतगणना सुरु भयो, ४०० पारको मोदी लहरको छनक देखिएन । विपक्षी गठबन्धनले कडा टक्कर दिएको देखियो र सुरुवाती रुझानबाट मोदी र एनडीएको यो पटक ४०० पारको नारा फेल खायो ।

मतगणनाका क्रममा एनडीए गठबन्धनले एक समय ३०० भन्दा बढी सिटमा अग्रता लिएको थियो ।त्यसैले ४०० नभए पनि ३०० पार होला भन्ने प्रश्न देखियो । तर त्यो पनि धेरैबेर टिक्न सकेन । पछिल्ला केही घण्टामा एनडीए गठबन्धनको अग्रता ३०० मुनि नै रह्यो । पछिल्लो समय एनडीए गठबन्धनको अग्रता बहुमत क्रस छ, तर ३०० पुगेको छैन । बीबीसी हिन्दीका अनुसार हाल २९५ सिटमा एनडीए गठबन्धनको अग्रता छ भने विपक्षी गठबन्धनको २३१ र अरुको १७ सिटमा अग्रता छ ।

अब गठबन्धन सरकार

पछिल्लो १० वर्षमा चुनाव अगाडि नै एनडीए गठबन्धन बनाएका कारण मोदी सरकारमा अरू दल पनि थिए, तर २०१४ र १०१९ मा भाजपा एक्लैले प्रष्ट बहुमत ल्याएको थियो । त्यसैले सरकार गठबन्धन सरकार जस्तो थिएन । यो पटक भाजपाको एक्लै बहुमत आउने छैन । जारी मतगणना अनुसार भाजपा २४२ सिटमा अगाडि छ ।

विपक्षी गठबन्धन बनाएको कांग्रेस १०० सिटमा अगाडि छ । अर्थात् भारतमा अब साँच्चैको गठबन्धन सरकार बन्नेछ । अहिलेसम्म हेर्दा एनडीए गठबन्धन बहुमत (२७२) भन्दा बढी सिटमा अगाडि रहेकाले मोदीकै नेतृत्वमा गठबन्धन सरकार बन्ने सम्भावना छ । तर एनडीए गठबन्धनमा रहेका चन्द्रबाबु नायडूको तेलगु देशम पार्टी १६ र नितिशकुमार नेतृत्वको जनता दल युनाइटेड १३ सिटमा अगाडि छन् । २२ सिटमा अरू दल छन् । एनडीए गठबन्धनमा रहेका केही दलले कित्ता परिवर्तन गर्ने हो भने अर्को सरकार पनि बन्नसक्छ ।

कांग्रेस १०० सिट पार !

लोकसभा चुनावमा कांग्रेसले ठूलो छलाङ मारेको छ । २०१४ मा ४४ सिट जितेको कांग्रेसले २०१९ मा ५२ सिट जितेको थियो । यो पटक विपक्षी दलहरुसँग मिलेर इण्डिया गठबन्धन बनाएको कांग्रेसले ठूलो फड्को मार्ने पक्का देखिएको छ । हाल कांग्रेस १०० सिटमा अगाडि छ ।

प्रतिक्रिया दिनुहोस
रुपन्देहीमा सहकारी पीडितको प्रदर्शन

     सहकारी ठगीको आरोपमा पक्राउ परेका छविलाल जोशीको मंगलबार जिल्ला सरकारी वकिल

धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ विरुद्ध रेड नोटिस जारी गर्ने तयारी

     नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी ‘पूर्व’पत्नी ज्योति गुरुङसहित २ जनाविरुद्ध रेड

ग्लोबल आइएमई बैंकद्वारा मुलुककै ठुलो सौर्य विद्युत परियोजनामा कर्जा लगानी सम्बन्धी सम्झौता

  ग्लोबल आइएमई बैंक लिमिटेड र प्राइम पावर लिमिटेडबीच सौर्य विद्युत परियोजनामा कर्जा

माओवादीले कात्तिक १० गते काठमाडौंमा प्रदर्शन गर्ने

    नेकपा (माओवादी केन्द्र)ले कात्तिक १० गते काठमाडौंमा प्रदर्शन र खबरदारी सभा