सिटिजन्स बैंकका डेपुटी सीइओ पारश काफ्लेको निधन



हाम्रो इकोनोमि

 

सिटिजन्स बैंकका डेपुटी सीइओ पारश काफ्लेको निधन भएको छ । हृदयघातका कारण ५० वर्षिय काफ्लेको निधन भएको हो । बैंकिंग सम्बन्धी कार्यक्रममा सहभागी हुन श्रीलंका पुगेका काफ्लेको जेठ २० गते हृदयघाते निधन भएको हो । हृदयघात भएपछि उनलाई नावालोका अस्पताल पुर्याइएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको सिटिजन्स बैंकका एक उच्च अधिकाीले जानकारी दिए। बैंकिंग फाइनान्स एण्ड इन्योरेन्सको कार्यक्रममा सहभागी हुन सिटिजन्स बैंकका उच्च व्यवस्थापन श्रीलंका गएका थिए ।  ‘सिटिजन्स बैंकले एक होनहार योद्धा गुमाएको छ, हामी अत्यन्तै दु:खी छौं,’ बैंकका बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले क्लिकमान्डुसँग भने- ‘मृतक शरिर ल्याउन प्रक्रियामै छौं, मृतक शरिर नेपाल आइपुग्न अझै २/४ दिन लाग्ला ।’ पहिलो दिन डाक्टरले ग्यास्टिक भनेर पठाए, दोस्रो दिन अस्पताल गएपछि भने मुटुमा केही समस्या भएको देखियो र केही दिन उतै उपचार गरेर आउनु भनेर आफूहरु फर्किएको उनले बताए । ‘पारशसहित २/३ जना कर्मचारी उनको उपचार सकेर आउन बसेका थिए, अस्पतालमै हर्ट हट्याक भएर पारशको निधन भयो’ पोखरेलले भने । तीन दशक लामो बैंकिंग गरियर भएका काफ्ले ट्रेड फाइनान्स, क्रेडिट अपरेशन, ब्राञ्च म्यानेजमेन्ट, रिलेशनसिप म्यानेजमेन्ट, अपरेशनल रिस्क म्यानेजमेन्ट एन्ड कम्प्लाइन्समा दख्खल मानिन्थे ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...