सबैभन्दा धेरै बजेट शिक्षा मन्त्रालयमा



हाम्रो इकोनोमि

 

 

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सबैभन्दा धेरै शिक्षामा बजेट छुट्टाएको छ । अर्थमन्त्री वर्षमान पुनले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरेका छन् । शिक्षामा चालु आर्थिक वर्षको बजेटको तुलनामा आगामी वर्ष २७ करोड रुपैयाँभन्दा बढी प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने योजना सरकारको छ । चालु आर्थिक वर्षमा प्रदेश र स्थानीय तहमा शिक्षाका लागि ४ खर्ब ८ अर्ब रुपैयाँ हस्तान्तरण गरेको सरकारले यस वर्ष ४ खर्ब ८ अर्ब २७ करोड रुपैयाँ हस्तान्तरण गर्दैछ ।

अर्थमन्त्री पुनले मंगलबार संघीय संसदको संयुक्त बैठकमा पेश गरेको बजेट वक्तव्यमा शिक्षामा गुणात्मक सुधारलाई समृद्धिको आधार ठानिएको छ । त्यस अनुसारका विभिन्न कार्यक्रम समावेश गरिएको छ । उच्च शिक्षाका लागि २१ अर्ब ४५ करोड, दिवा खाजामा ८ अर्ब ३९ करोड र प्राविधिक शिक्षातर्फ १ अर्ब ५९ करोडलगायत शीर्षकमा बजेट विनियोजन गरिएको छ । अपांगमैत्री, लैंगिक संवेदनशील र सुरक्षित एक हजार कक्षा कोठा निर्माणका लागि २ अर्ब ५० करोड, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ८७ करोड र विद्यालय तहमा प्रदान गरिने सबै प्रकारका छात्रवृत्तिका लागि ६० करोड रुपैयाँ विनियोजन गरिएको छ । शिक्षाविद् प्रा.डा.बालचन्द्र लुइँटेल बजेट सकारात्मक भए पनि कार्यान्वयन पक्ष चुनौतीपूर्ण हुँदै आएको बताउँछन् । उनी भन्छन्, ‘कुनै पनि योजना कार्यान्वयन गर्ने क्षमता कमजोर छ । त्यसैले बजेट राम्रो छ तर कार्यान्वयनमा सन्देह रहन्छ ।

 

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...