बियर, वाइन र मदिराको अन्तःशुल्क बढ्यो



हाम्रो इकोनोमि

 

 

सरकारले बियर, वाइन र मदिरामा कर बढाएको छ । बियरमा प्रतिलिटर ५ रुपैयाँ अन्तःशुल्क बढाएको हो । मंगलबार अर्थमन्त्री वर्षमान पुनले संसदमा प्रस्तुत गरेको आर्थिक विधेयकमार्फत बियर, वाइन र मदिरामा अन्तःशुल्क बढाएका हुन् ।बियरमा प्रतिलिटर २ सय ३५ रुपैयाँ रहेको अन्तःशुल्क अब २ सय ४० रुपैयाँ पुगेको छ । यस्तै वाइनमा प्रतिलिटर १६ देखि १९ रुपैयाँ अन्तःशुल्क बढेको छ । १२ प्रतिशतसम्म अल्कोहल भएको र १२ देखि १७ प्रतिशतसम्म अल्कोहल भएको वाइनमा अन्तःशुल्क ४ सय ४४ रुपैयाँबाट बढेर ४ सय ६० पुगेको हो । यस्तै १७ प्रतिशतभन्दा धेरै अल्कोहल भएको वाइनमा अन्तःशुल्क ५ सय १६ बाट १९ रुपैयाँ वृद्धि भई ५ सय ३५ पुगेको छ ।

छ्याङ (कन्ट्री बियर) को अन्तःशुल्क प्रतिलिटर ५ रुपैयाँले बढेर ४८ रुपैयाँ पुगेको छ । विभिन्न प्रकारका तयारी मदिरा १५ यूपीको प्रतिलिटर अन्तःशुल्क ६० रुपैयाँले वृद्धि भएर १ हजार ८ सय ६० पुगेको छ । सोही यूपी शक्तिमा प्रतिएलपी लिटर अन्तःशुल्क २ हजार १ सय २० रुपैयाँबाट २ हजार १ सय ८८ पुगेको हो ।

यस्तै २५ यूपीको तयारी मदिराको अन्तःशुल्क प्रतिलिटर ४५ रुपैयाँ बढेर १ हजार ३ सय ९० पुगेको छ । सोही यूपीको मदिरामा प्रतिएलपी लिटर १ हजार ७ सय ९० रुपैयाँबाट १ हजार ८ सय ५३ पुगेको छ । ३० यूपीको तयारी मदिराको अन्तःशुल्क प्रतिलिटर ४० रुपैयाँ वृद्धि भएर १ हजार २ सय ९० पुगेको हो । सोही यूपीको मदिरामा प्रतिएलपी लिटर ४० यूपी शक्ति भएको तयारी मदिरामा अन्तःशुल्क प्रतिलिटर ६ सय ३० रुपैयाँबाट वृद्धि भएर ६ सय ५० रुपैयाँ पुगेको छ ।

सोही यूपीको मदिरामा प्रतिएलपी लिटर अन्तःशुल्क १ हजार ५० बाट १ हजार ८३ रुपैयाँ पुगेको छ । ५० यूपी शक्ति भएको तयारी मदिराको अन्तःशुल्क प्रतिलिटर ४ सय ८५ बाट बढेर ९० पुग्दा प्रतिएलपी लिटर ९ सय ७० बाट बढेर ९ सय ८० पुगेको हो । ७० यूपी शक्तिको तयारी मदिराको अन्तःशुल्क प्रतिलिटर ५० बाट बढेर ६० पुगेको हो । त्यसैमा प्रतिएलपी लिटर अन्तःशुल्क १ सय ६५ बाट २ सय पुगेको छ । ५ प्रतिशतसम्म अल्कोहल भएको मदिरा मिश्रित पेय पदार्थलाई पनि अन्तःशुल्क लगाउने भएको छ । त्यसमा प्रतिलिटर २ सय ४० रुपैयाँ अन्तःशुल्क लगाउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...