१ लाख रिटर्नीलाई स्वरोजगार बनाइने



 

 

सरकारले आगामी आर्थिक ०८१/८२ का लागि श्रम तथा रोजगार क्षेत्रमा ८ अर्ब १० करोड रुपैयाँ छुट्याइएको छ । यो चालु आर्थिक वर्ष भन्दा जम्मा २ करोड रुपैयाँ बढी हो । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको बजेट वक्तव्यमा श्रम तथा रोजगार क्षेत्रका केही नयाँ कार्यक्रम घोषणा गरिएको छ । जसमा रिर्टनी उद्यमशीलताजस्ता केही कार्यक्रम छन्,

प्रधानमन्त्री रोजगार कार्यक्रममा ६ अर्ब

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बजेटको ठूलो हिस्सा प्रधानमन्त्री रोजगार कार्यक्रममा राखिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा अन्तर्गत स्थानीय तहमा सुचीकृत भएका २ लाख बेरोजगारलाई कम्तीमा १०० दिन रोजगारी दिने घोषणा गरिएको छ । उनीहरुलाई स्थानीय तहका निर्माण तथा मर्मत सम्भार आयोजनाका काममा सहभागी गराइने बजेटमा व्यक्तव्यमा उल्लेख छ ।
०७९ बाट सुरु भएको यो कार्यक्रमका लागि मात्र ६ अर्ब छुट्याइएको छ ।

श्रमिकलाई अभिमुखीकरण तालिम निःशुल्क

सरकारले वैदेशिक रोजगारीमा जाँदा श्रमिकले लिनुपर्ने अभिमुखीकरण तालिम निःशुल्क गर्दै लैजाने घोषणा गरेको छ । अहिले श्रमिकले वैदेशिक रोजगारीमा जानुअघि अभिमुखीकरण तालिम वापत ७०० रुपैयाँ बुझाउनुपर्छ ।

अघिल्ला श्रममन्त्री शरतसिंह भण्डारीले अभिमुखीकरण तालिमको शुल्क ७ सयबाट बढाएर २ हजार ८०० रुपैयाँ पुर्‍याएका थिए । डीपी अर्यालले यो मन्त्रालय सम्हालेपछि बढेको शुल्क फेरि ७०० मै झारेका थिए । त्यस्तै सरकारले यस वर्ष वैदेशिक रोजगारीबाट फर्केका श्रमिकहरुलाई ‘रिर्टनी उद्यमशीलता कार्यक्रम’ ल्याउने घोषणा गरेको छ ।

वैदेशिक रोजगारीबाट फर्केकाहरुको सीप र व्यवसायिक दक्षताका आधारमा उद्यमशीलता तथा रोजगारी सिर्जना गर्न, व्यवसाय सञ्चालन गर्न ‘रिटर्नी उद्यमशीलता कार्यक्रम’ ल्याएको अर्थमन्त्री पुनले बताएका छन् । यो कार्यक्रम मार्फत कम्तीमा एक लाख जनालाई स्वरोजगार बनाइने बजेटमा वक्तव्यमा उल्लेख गरिएको छ । यसअघि विदेश गएर फर्केकाहरुको सीपमा आधारित उद्यमशिलता सम्बन्धी कार्यक्रममा ल्याउँने भनिए पनि सरकारले रिर्टनीहरुका लागि ठोस कार्यक्रम ल्याउन सकेको थिएन । यो कार्यक्रमका लागि बजेट वक्तव्यमा रकम किटान गरिएको छैन ।

श्रम र रोजगारी सम्बन्धी सेवा प्रवाह र गुनासो सम्बोधन गर्न ‘श्रमाधान’ सञ्चालन गर्ने बजेट वक्तव्यमा उल्लेख गरिएको छ । श्रम शक्तिलाई दक्ष र व्यवसायिक बनाई स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्ने, रोजगार बैंकको स्थापना गरी रोजगारीसम्बन्धी सूचनाको एकीकृत अभिलेख तयार गर्ने पनि बजेट वक्तव्यमा उल्लेख छ । वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित गर्ने, वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न कूटनीतिक नियोगलाई प्रभावकारी रूपमा परिचालन गर्ने, गन्तव्य मुलुकमा अलेखबद्ध श्रमिकको दर्ता गर्ने कार्यलाई अभियानको रूपमा सञ्चालन गर्ने विषय पनि बजेट वक्तव्यमा समेटिएको छ ।

आगामी आर्थिक वर्ष थप तीन प्रमुख गन्तव्य मुलुकसँग दुईपक्षीय श्रम सम्झौता गर्ने, वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सीपयुक्त बनाइने विषय पनि समेटिएको छ । वैदेशिक रोजगारीमा गएका श्रमिकका आश्रित परिवारलाई कल्याणकारी कोषबाट प्रदान हुने लाभको दायरा विस्तार गर्ने अर्थमन्त्रीको घोषणा छ । यससम्बन्धी सेवा स्थानीय तहबाट प्रवाह हुने व्यवस्था मिलाइने बजेट वक्तव्यमा उल्लेख छ । वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा बिना धितो ऋण उपलब्ध गराउने घोषणा पनि गरिएको छ । प्रत्येक प्रदेशमा कम्तीमा एक हजार युवालाई सीपमूलक तालीम प्रदान गर्न ४३ करोड बजेट छुट्याइएको छ । रेमिट्यान्सको रकमबाट सामूहिक आवास बनाएमा पनि सरकारले सहुलियत दिने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस
राजनीतिक दलसम्बन्धी अध्यादेश तत्काललाई रोकियो

  सत्तागठबन्धन घटक नेपाली कांग्रेसभित्र कुरा नमिल्दा राजनीतिक दलसमबन्धी अध्यादेश ल्याउने सरकारको तयारीमा

रुपन्देहीमा सहकारी पीडितको प्रदर्शन

     सहकारी ठगीको आरोपमा पक्राउ परेका छविलाल जोशीको मंगलबार जिल्ला सरकारी वकिल

धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ विरुद्ध रेड नोटिस जारी गर्ने तयारी

     नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी ‘पूर्व’पत्नी ज्योति गुरुङसहित २ जनाविरुद्ध रेड

ग्लोबल आइएमई बैंकद्वारा मुलुककै ठुलो सौर्य विद्युत परियोजनामा कर्जा लगानी सम्बन्धी सम्झौता

  ग्लोबल आइएमई बैंक लिमिटेड र प्राइम पावर लिमिटेडबीच सौर्य विद्युत परियोजनामा कर्जा