सहकारी बचतकर्ताको तेस्रो चरणको आन्दोलन घोषणा



 

 

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।बुधबार पत्रकार सम्मेलन गर्दै महासंघले सरकारले कुनैपनि सम्झौता कार्यान्वयनन नगरेको कारण तेस्रो चरणको आन्दोलन घोषणा गरिएको जनाएको हो । महासंघका अध्यक्ष कुस्लभ केसीले सरकारले आफूहरुसँग विगतमा गरेका कुनै पनि सम्झौता कार्यान्वयन नगरेकाले तेस्रो चरणको आन्दोलन घोषणा गर्नुपरेको बताउनुभयो । जेठ ११ गते ११ बजे माइतीघर मण्डलाबाट तेस्रो चरणको आन्दोलन सुरु हुने उहाँले बताउनुभयो ।

सहकारी पीडितहरुको माग पूरा नभएसम्म अब आन्दोलन देशैभर सशक्त रुपमा अगाडि बढ्ने उहाँले उद्घोष गर्नुभयो । नेपालगञ्ज, चितवन र धरानमा पनि आन्दोलन एकैपटक सुरु हुने उहाँले बताउनुभयो । सबै बचतकर्तालाई जेठ ११ गते ११ बजे माइतीघर मण्डलामा उपस्थित भएर आन्दोलनमा सहभागी हुन उहाँले आग्रह गर्नुभयो । आफूहरुले तत्कालीन भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरी र हालका मन्त्री बलराम अधिकारीसँग पनि सम्झौता भएपनि केही नभएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
मेयरविरुद्धको मुद्दाले राप्तीको नगरसभा अनिश्चित

    जनप्रतिनिधिहरूबीचको बेमेलका कारण चितवनको राप्ती नगरपालिकाको नगरसभा यसवर्ष पनि अनिश्चित भएको

बाराको जीतपुर सिमरा उपमहानगरको नगर सभामा झडप

    बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको नगरसभाको वैठकमा झडप भएको छ । नीति

कानुन मन्त्री र संसदका कर्मचारीबीच वार्ता

    कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र संघीय संसद

सहकारी पीडितको काठमाडौंमा प्रदर्शन

    सहकारी संस्थाका पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । सहकारी बचतकर्ता संरक्षण