कैलाश सिरोहिया धनुषा प्रहरीको हिरासतमा



हाम्रो इकोनोमि

 

 

नागरिकता प्रकरणमा छानविनका लागि पक्राउ परेको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषाले हिरासतमा लिएको छ ।  उनलाई आजै जिल्ला अदालत, धनुषामा उपस्थित गराइँदैछ । काठमाडौंको थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाटै अध्यक्ष सिरोहियालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो । पक्राउ गरेलगत्तै उनलाई प्रहरीले आज जनकपुरधाम ल्याएको थियो ।

उनलाई आज बिहान जिल्ला प्रहरी कार्यालय ल्याएको धनुषाका प्रहरी प्रवक्ताले जानकारी दिए । उनले भने, ‘अहिले हिरासतमा राखिएको छ । केहीबेरमा अदालतमा पेश गर्छौं ।’ अध्यक्ष सिरोहियाले फरक फरक नागरिकता विवरण विभिन्न निकायमा पेश गरेको दावी गर्दै उनीमाथि छानविन गर्न जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी परेको थियो । धनुषा जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएपछि उनलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...

खाडी क्षेत्रमा हजारौं अमेरिकी सैनिक प्रस्थान

    इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले खाडी...

इरानले भन्यो : अमेरिकी गठबन्धनलाई बमले स्वागत

    इरानले आफ्ना मित्र देशका लागि हर्मुज जलघाँटीको बाटो खुला गरिएको प्रष्ट...

अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...