कैलाश सिरोहिया धनुषा प्रहरीको हिरासतमा



 

 

नागरिकता प्रकरणमा छानविनका लागि पक्राउ परेको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषाले हिरासतमा लिएको छ ।  उनलाई आजै जिल्ला अदालत, धनुषामा उपस्थित गराइँदैछ । काठमाडौंको थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाटै अध्यक्ष सिरोहियालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो । पक्राउ गरेलगत्तै उनलाई प्रहरीले आज जनकपुरधाम ल्याएको थियो ।

उनलाई आज बिहान जिल्ला प्रहरी कार्यालय ल्याएको धनुषाका प्रहरी प्रवक्ताले जानकारी दिए । उनले भने, ‘अहिले हिरासतमा राखिएको छ । केहीबेरमा अदालतमा पेश गर्छौं ।’ अध्यक्ष सिरोहियाले फरक फरक नागरिकता विवरण विभिन्न निकायमा पेश गरेको दावी गर्दै उनीमाथि छानविन गर्न जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी परेको थियो । धनुषा जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएपछि उनलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
समस्याग्रस्त सहकारीका ऋणीले ७ दिनभित्र ऋण तिर्नैपर्ने

    समस्याग्रस्त घोषणा भएका १८ सहकारी संस्थाबाट ऋण लिएका ऋणीलाई ऋण तिर्न

प्रधानमन्त्री ओली-देउवा र प्रचण्डबीच भेटघाट

    तीन ठूला दलका शीर्ष नेताहरू बालुवाटारमा भेला भएका छन् । प्रधानमन्त्री

जग्गादानबारे गरिएका टिकाटिप्पणीहरु खेदजनक छ : एमाले

     नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङ पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न विवादबारे

एक अर्ब ७४ करोड जम्मा भयो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख