एकसिंगे गैँडाको खागसहित ६ जना पक्राउ



हाम्रो इकोनोमि

 

 

दुई करोडमा किनबेचका लागि मोलमोलाई भइरहेको दुर्लभ वन्यजन्तु एकसिंगे गैँडाको खागसहित ६ जना चितवनको भरतपुरबाट पक्राउ परेका छन् । नौ वर्षअघि नवलपरासीको कावासोती नगरपालिका गुन्द्रेढाकाहा मध्यवर्ती सामुदायिक वनमा मृत फेला परेको गैँडाको खाग बिक्रीका लागि मोलमोलाइ भइरहेका वेला चितवन राष्ट्रिय निकुञ्जको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।  गत २७ चैतमा पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धानपछि निकुञ्जले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । कावासोती– १५ का ५० वर्षीय छविलाल परियार र ३६ वर्षीय प्रकाश घिमिरे, कावासोती– १६ का २९ वर्षीय क्रान्ति खड्का र ३८ वर्षका लेखनाथ सुनार पक्राउ परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृतले जानकारी दिए । उनका अनुसार बुलिङटार गाउँपालिका– ४ का ३५ वर्षीय खिमबहादुर बराल र बझाङ छबिसपाथीभरा गाउँपालिका– १ का २७ वर्षीय प्रकाशराज जोशी पनि पक्राउ परेका छन् । गैँडाको खाग कारोबारका अर्का आरोपी अर्जुन थापा भने फरार रहेको निकुञ्जले जनाएको छ ।  बरामद खाग २.४ इन्च उचाइ र ६० ग्राम तौलको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार गैँडाको खागको खरिद तथा बिक्री मुद्दामा बढीमा १० लाख रुपैयाँ जरिवाना, १५ वर्ष कैद कैद र जरिवाना दुवै हुने कानुनी व्यवस्था छ । 

प्रतिक्रिया दिनुहोस
कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...

खाडी क्षेत्रमा हजारौं अमेरिकी सैनिक प्रस्थान

    इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले खाडी...

इरानले भन्यो : अमेरिकी गठबन्धनलाई बमले स्वागत

    इरानले आफ्ना मित्र देशका लागि हर्मुज जलघाँटीको बाटो खुला गरिएको प्रष्ट...

अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...