ललितपुरको कुपन्डोलमा आगलागी



हाम्रो इकोनोमि

 

लितपुर महानगरपालिका-१० कानदेवता स्थित हाम्रो सगरमाथा बहुउद्धेश्यीय सहकारी लिमिटेड रहेको भवनमा बिहीबार बिहान आगलागी भएको हो।  जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले अहिले आगलागी नियन्त्रणमा आइसकेको जानकारी दिएका छन्।  ‘८ तले भवनको छैटौं तलामा आगो लागेको हो। अहिले नियन्त्रणा आइसकेको छ,’ उनले भने।  एसपी सुवेदीका अनुसार छैटौं तलामा धुँवा पुतपुताएको जस्तो देखिनासाथ दमकल र सुरक्षाकर्मी पुगेका थिए। ललितपुर महानगरपालिकाका तीन वटा दमकल प्रयोग गरी आगो निभाइएको उनले बताए। उक्त भवनमा तीन वटा सहकारी छन्। आगो भने सगरमाथा सहकारी भएको तलामा लागेको हो।  क्षति के कस्तो भएको भन्ने संकलन भइरहेको एसपी सुवेदीले जानकारी दिए। आगलागीको कारण पनि खुलेको छैन।

प्रतिक्रिया दिनुहोस
कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...

खाडी क्षेत्रमा हजारौं अमेरिकी सैनिक प्रस्थान

    इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले खाडी...

इरानले भन्यो : अमेरिकी गठबन्धनलाई बमले स्वागत

    इरानले आफ्ना मित्र देशका लागि हर्मुज जलघाँटीको बाटो खुला गरिएको प्रष्ट...

अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...