अदालतले मलाई न्याय दियो : सन्दीप



हाम्रो इकोनोमि

 

 

उच्च अदालत पाटनले सफाइ दिने फैसलासँगै क्रिकेटर सन्दीप लामिछानेले राहतको लामो सास फेरेका छन् । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले सन्दीपलाई दोषी ठहर गर्ने जिल्ला अदालतको फैसला उल्टाइदिएको छ । फैसलापछि प्रतिक्रिया दिँदै सन्दीपले अदालत र न्यायाधीशहरुप्रति आभार प्रकट गरे । ढिलै भए पनि आफूले न्याय पाएको उनको भनाइ छ , मलाई न्याय दिनुभएकोमा न्यायमूर्तिहरुप्रति आभारी छु । अदालतप्रति मेरो विश्वास र आस्था निरन्तर थियो र भविष्यमा पनि अटल रहनेछ’, उनले भने । उनले आफ्नो निर्दोषितामा विश्वास गरेर साथ दिने लाखौं शुभचिन्तकहरुलाई पनि धन्यवाद दिए । सन्दीपले भने, ‘कठिन अवस्थामा पनि मलाई तपाईंहरुको साथ र हौसलाले बलियो बनाइराख्यो । यसका लागि म सदा ऋणी रहनेछु । समर्थकहरुको यो मायाले खेलमार्फत राष्ट्रका लागि योगदान दिने मेरो अठोट र अभिलाषा अझै उच्च बनेको छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...