सन्दीप लामिछानेको मुद्दामा बहस सकियो



हाम्रो इकोनोमि

 

 

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको बहस सकिएको छ । दुवै पक्षका वकिलको बहस साथै जवाफी बहस भर्खरै सकिएको छ । फैसलाअघि न्यायाधीशले होटलको सीसीटीभी फुटेज हेर्ने बताएका छन् । बहस सकिएलगत्तै सीसीटीभी फुटेज देखाउन आदेश भएको थियो । सन्दीप र गौशाला २६ होटलभित्र पसेको र होटलबाट बाहिरिएको फुटेज न्यायाधीसद्वयले हेर्न चाहेका हुन् । यसअघि जिल्ला अदालतका न्यायाधीशले पनि बहस सकिएपछि फैसलाभन्दा ठीक अघि सीसीटीभी फुटेज हेरेका थिए । आज सबैभन्दा पछाडि सन्दीप लामिछानेको तर्फबाट सरोज घिमिरे र सविता भण्डारीले जवाफी बहस गरेका थिए ।न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा हिजोदेखि मुद्दाको सुनुवाइ भइरहेको छ । हिजो गौशाला २६ का निजी वकिलहरूले बहस गर्दागर्दै नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । आज ११ बाट बहस सुरू भयो । दुवै पक्षलाई डेढ घन्टा समय दिइएको थियो । त्यसअनुसार गौशाला २६ का वकिलहरूले खाजा समय अगाडि बहस गरे ।

प्रतिक्रिया दिनुहोस
कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...

खाडी क्षेत्रमा हजारौं अमेरिकी सैनिक प्रस्थान

    इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले खाडी...

इरानले भन्यो : अमेरिकी गठबन्धनलाई बमले स्वागत

    इरानले आफ्ना मित्र देशका लागि हर्मुज जलघाँटीको बाटो खुला गरिएको प्रष्ट...

अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...