सूर्यदर्शन सहकारीका बचतकर्ताहरुले एमाले अध्यक्ष ओलीलाई बुझाए ज्ञापनपत्र



हाम्रो इकोनोमि

 

 

सूर्यदर्शन सहकारीका बचतकर्ताहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । एमाले कास्कीको ११औं अधिवेशनबाट निर्वाचित पदाधिकारीको सपथ ग्रहण कार्यक्रममा सम्बोधनपछि सहकारी बचतकर्ताले ओलीलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बझाउँदै सूर्यदर्शन बचत पीडित संघर्ष समितिले जीबी राईको विषयमा सिंगो राज्य र प्रहरी निकम्मा भएको बताएको छ । पीडितहरुले सहकारीको समस्या समाधान गर्न राज्यबाट ठोस नीति-नियम र ऐन-कानून बनाइ सहकारी पीडितको बचत फिर्ता गर्न लगाई न्याय दिन आग्रह गरेका छन् । ज्ञापनपत्र बुझ्दै ओलीले समस्या पहल गर्ने आश्वासन दिएको संघर्ष समितिका संयोजक किरण श्रेष्ठले जानकारी दिए । अध्ययनपछि पोखरा महानगरपालिकाले बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालय कास्कीले असोज १८ गते अनुसन्धान सकेर सहकारीका १९ जनावरिुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको थियो । १ हजार ३५ जनाको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ हिनामिना गरेको निष्कर्ष निकाल्दै सरकारी वकिल कार्यालयले १९ जनावरिुद्ध मुद्दा दर्ता गराएको थियो । जिल्ला अदालत कास्कीबाट १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । हाल पूर्वअध्यक्ष राईसहित १४ जना फरार छन् । सहकारीका पूर्वअध्यक्ष जीबी राई, उनकै दाइ भूपेन्द्र, अहिलेका अध्यक्ष तथा व्यवस्थापकसमेत रहेका थानबहादुर बुढा, उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वसञ्चालक शविबहादुर गुरुङ, भविश्वर अर्याल, सञ्चालक धिरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, मनोज नकर्मी, सुरज श्रेष्ठ, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धर, ऋण अधिकृत बुद्धि गुरुङविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...