वाइडबडी विमान खरिदमा भ्रष्टाचार, पुर्वमन्त्री शाही र कंसाकार बिरुद्ध मुद्दा दायर गर्ने तयारी



हाम्रो इकोनोमि

 

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुईवटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै संलग्नहरुमाथि भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ । अख्तियारले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगत कंसाकार लगायतहरु भ्रष्टाचारमा संलग्न रहेको निष्कर्ष सहित उनीहरुलाई प्रतिवादी बनाउने निर्णय गरेको हो । ‘वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको निष्कर्ष सहित आयोगको बैठकले भ्रष्टाचार मुद्दा दर्ता गर्ने निर्णय गरिसकेको छ,’ अख्तियार उच्च स्रोतले भन्यो, ‘सम्भवतः विहीबार वा शुक्रबारभित्र विशेष अदालतमा मुद्दा दर्ता हुनेछ ।’ अख्तियारले आरोपितहरुको नाम, विगो रकम र अरु विवरण गोप्य राखेको छ । तत्कालीन पर्यटनमन्त्री शाही संघीयता कार्यान्वयनपछि दुई पटक कर्णाली प्रदेशसभा सदस्य बनेका थिए । अघिल्लो पटक मुख्यमन्त्री नियुक्त भएका उनी नेपाली कांग्रेसका केन्द्रीय सदस्य छन् । कंसाकार भने अहिले सार्वजनिक जिम्मेवारीमा छैनन् । भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाइएका अरु कतिपय व्यक्तिको नाम गोप्य छ ।

पाँच वर्षअघि वाईडबडी विमान खरिदको प्रक्रिया अघि बढ्नासाथ अख्तियारमा उजुरी परेको थियो । लामो समय सुस्तता देखाएको अख्तियारले गत २१ मंसिर, २०८० मा सूचना निकालेर तीन विदेशी कम्पनीका प्रतिनिधिलाई दुई साताभित्र ‘बयानका लागि आउनू’ भनी सूचना निकालेको थियो । केही महिनादेखि अनुसन्धानलाई अघि बढाएको अख्तियारले अनुसन्धान टुंग्याएर मुद्दा दायर गर्ने निर्णय गरेको हो । वाइडबडी निर्णय प्रक्रियामा जोडिएका तत्कालीन पर्यटन मन्त्रालय र नेपाल वायुसेवा निगमका अधिकारीहरुलाई भ्रष्टाचारमा संलग्न रहेको आरोप सहित प्रतिवादी बनाएको अख्तियार स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...