मलामी बोकेको जीप दुर्घटना, एक जनाको मृत्यु, १२ घाइते



हाम्रो इकोनोमि

 

 

 गुल्मीको सत्यवती गाउँपालिका ४ लिम्घामा मलामी बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि १२ जना घाइते भएका छन् । लिम्घाको मौरीओडारस्थित शाहाघाट लिम्घा भित्री सडक खण्डमा रुद्रवेणीबाट मलामी लिएर लिम्घातर्फ फर्किरहेको लु १ च ४३२० नम्बरको पिकअप जीप गएराति दुर्घटना हुँदा स्थानीय ७५ वर्षीय मनबहादुर फुम्जालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक ले जानकारी दिएका छन्। दुर्घटनामा सत्यवती ५ का ३१ वर्षका कृष्ण थापा, वडा नं ४ का ३५ वर्षका यसबहादुर बुढाथोकी, ४० वर्षका खेमु श्रीस, ६० वर्षका दुर्गाबहादुर राना, ३१ वर्षका भूपेन्द्रदेव खप्तरी थापा, ५३ वर्षका पदमबहादुर बुढाथोकी, ३१ वर्षका भरत बुढाथोकी, २६ वर्षका मिलन राना, २६ वर्षका ठगबहादुर बुढाथोकी, ३४ वर्षका घनश्याम बुढाथोकी, ५६ वर्षको चिनबहादुर राना र चालक २९ वर्षका शंकर बिक घाइते भएको प्रहरी नायव उपरीक्षकले बताए । घाइतेहरूको शरिरका विभिन्न भागमा चोट लागेको छ । घाइते चार जनाको पाल्पा र अरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गाडीको ब्रेक फेल भएर सडकदेखि ४० मिटर तल खसेको थियो ।घाइते चार जनाको पाल्पा र अरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...

रास्वपाका केन्द्रिय नेताले पार्टी सदस्यताबाट दिए राजीनामा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणय शमशेर राणाले पार्टी सदस्यताबाट...