आध्यात्मिक ज्ञानले प्रशिक्षित राजनीतिज्ञले समाज र राष्ट्रलाई सकारात्मक दिशातर्फ डोहोर्‍याउँछ : मन्त्री चौधरी



 

 

महिलाबालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आध्यात्मिक ज्ञानबाट प्रशिक्षित व्यक्तिले समाज र राष्ट्रलाई सकारात्मक दिशा दिने बताउनुभएको छ । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र काठमाडौँले शनिबार काठमाडौँमा आयोजना गरेको ‘स्वच्छ र स्वस्थ समाजका लागि आध्यात्मिक सशक्तीकरण’ राष्ट्रिय शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।

आध्यात्मिक ज्ञानबाट प्रशिक्षित कुनै पनि व्यक्तिले हानीनोक्सानी नगर्ने उहाँको दाबी थियो । ‘यदि आध्यात्मिक ज्ञानबाट प्रशिक्षित राजनीतिज्ञ भएमा उसले गर्ने काम कारबाहीहरू र उसले लिने कामको रणनीतिहरू अलिकति समाजलाई सकारात्मक दृष्टिकोणले उत्थानविकास गर्ने गरी अगाडि बढ्छ’मन्त्री चौधरीले भन्नुभयो, ‘हामी आफैबिचमा पनि अन्तर्द्वन्द्वहरू छ । व्यक्ति-व्यक्तिबिचकोसमुदायबिचको अन्तर्द्वन्द्व छ । त्यस कारणले यो अनेक चिजलाई ।  हामी मान्छेहरूले नै व्यवहारिक प्रयोग तथा आविष्कारका लागि उत्पादन गरेका छौँ । हामी मान्छेले नै पत्ता लगाएकाआविष्कार गरेका चिजहरूलाई चलाउन नजान्दा । नकारात्मक कुरामा प्रयोग गर्दा । संसार खराब अवस्थामा पुगेको छ ।

एकले अर्कालाई कसरी पछाडि पारेर आफू अगाडि जाने भन्ने गलत प्रतिस्पर्धाका कारण समाज केही रूपमा गलत दिशातर्फ गएको हो कि भन्ने लागे पनि ती गलत मान्यता र अभ्यासहरूलाई यस्ता कार्यक्रमहरूले चिर्न सकिने उहाँको भनाई थियो । उहाँले भन्नुभयो, ‘अहिलेको समाजलाई पनि दृष्टिगत गरेर हेर्दा एकले अर्कालाई पछाडि पारेर कसरी अगाडि बढ्ने भन्ने प्रतिस्पर्धाको कारणले गर्दाखेरि समाजमा दुराभावहरूदूषित विचारहरू छन् ।‘

मन्त्री चौधरीले समाजमा रहने हरेक व्यक्तिको विचारमा थोरै भए पनि आध्यात्मिक चेतना आउनै पर्ने बताउनुभयो । ‘म राजनीतिक प्रवृत्तिबाट आएको मान्छे हुँ । तरपनि म आफू सँगसँगै अन्यलाई पनि भन्छुराजनीतिक क्षेत्रव्यावसायिक क्षेत्र तथा अन्य औद्योगिक क्षेत्रमा । अथवा कृषि तथा जुनसुकै क्षेत्रमा पनि समाजमा रहने हरेक व्यक्तिको विचारमा अलिकति आध्यात्मिक चेतना आउनै पर्छ‘मन्त्री चौधरीले भन्नुभयो, ‘आध्यात्मिक कुराबारे जानकार व्यक्तिआध्यात्मिक ज्ञान लिएको व्यक्तिले आफ्नो समाजलाई नकारात्मक दिशातर्फ दोहोर्‍याउँदैन । उसले आफ्नै साथी सर्कलआफन्तसमाज कसैलाई पनि घात गर्दैन ।‘

आध्यात्मिक सेवा केन्द्रप्रशिक्षण केन्द्रआध्यात्मिक मन्दिरगुम्बा जस्ता धार्मिक सेवा केन्द्रहरूले असल व्यवहारसकारात्मक व्यवहारहरूको कुरा ल्याउने कामहरूमा तत्पर रहेको बताउँदै उहाँले त्यसलाई सबैले फलो गर्नुपर्ने बताउनुभयो । हिन्दु सनातनी धर्मले भनोस् किबौद्ध धर्मावलम्बीहरूले भनोस् कि इस्लामले भनोस् । यी कुनै पनि धर्मका धार्मिक ग्रन्थहरूले व्यभिचार गरोस् भनेर भन्दैन । 

हत्याहिंसा गरोस्अरूको वितण्डा गरेर आफू माथि उठ्ने भन्ने कुरा धर्मले कहिल्यै पनि गर्दैन’उहाँले भन्नुभयो, ‘त्यस कारण हरेक धर्मले जब सुविचारहरू फैलाउँछ । स्वस्थ विचारहरू फैलाउँछ । सकारात्मक कार्यहरू गर्न भन्छ भनेत्यस्ता चिजहरूमा हामी किन नलाग्ने ?’ शारीरिक रूपमा कमजोरबिरामीलाई पनि धार्मिकआध्यात्मिक प्रशिक्षणहरूले सकारात्मक ऊर्जा भर्ने कामहरू गर्ने गरेको उहाँले बताउनुभयो ।  ओम शान्तिको अभियान नेपालभरको मात्र नभएर विश्वभरको खाँचो रहेको बताउँदै उहाँले समुदायलाई सकारात्मक कुराको प्रोत्साहन गर्दै गलत अभ्यास र मान्यताहरू न्यूनीकरण गर्न सकिने बताउनुभयो । नकारात्मक होडबाजीप्रतिस्पर्धा भन्दा सकारात्मक प्रतिस्पर्धामा जान सक्ने वातावरण तयार गर्न सकिने मन्त्री चौधरीले बताउनुभयो । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र नेपालका राष्ट्रिय निर्देशक राज दादी माँको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस
समाजवादी प्रेस संगठन विघटन, अध्यक्ष प्रेस चौतारीमा प्रवेश

    नेकपा (एकीकृत समाजवादी) निकट पत्रकार संगठन समाजवादी प्रेस संगठन विघटन भएको

सरकारले दल फुटाउने अध्यादेश ल्याउन खोजेको विपक्षी दलको आशंका

    विपक्षी दलहरुले संघीय संसदको नियमित हिउँदे अधिवेशन बोलाएर कानून निर्माण नगरी,

माधव नेपाललाई एमालेले ढोका खोलेको छैन : शंकर पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका

समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी प्रेस चौतारीमा प्रवेश गर्दै

  समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष विश्वमणि सुवेदी पार्टी परित्याग गर्दै प्रेस चौतारीमा