सादा पोशाकमा प्रहरी परिचालन नगर्न गृहमन्त्रीको निर्देशन



हाम्रो इकोनोमि

जिम्मेवार क्रियाकलापमा संलग्न भएको गुनासो आएपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सादा पोशाकमा प्रहरी परिचालित नगर्न निर्देशन दिएका छन् ।  बिहीबार गृहमन्त्रीले नेपाल प्रहरी केन्द्रिय कार्यालयलाई सादा पोशाकमा प्रहरीलाई ड्युटीमा नखटाउन निर्देशन दिएका हुन् ।

सादा पोशाकमा परिचालन हुने (घुमुवा) प्रहरी गैर-व्यवसायिक क्रियाकलापमा संलग्न हुने गरेको गुनासो आएको भन्दै गृहमन्त्रीले उक्त निर्देशन दिएका हुन् । सादा पोशाकका प्रहरीको जिम्मेवारी तत्काल परिवर्तन गर्न निर्देशन दिएपछि प्रहरी प्रधान कार्यालयले सातै प्रदेशका कार्यालयमा निर्देशन जारी गरेको छ । 

गृहको निर्देशनपश्चात् प्रहरी प्रधान कार्यालयले हाल परिचालन गरिएका सादा पोशाकका कर्मचारीलाई (अपराध अनुसन्धान शाखामा कार्यरतबाहेक) तत्काल जिम्मेवारी परिवर्तन गरेको छ ।

साथै, जिम्मेवारी परिवर्तन गरिएका प्रहरी कर्मचारीको नामावली दुई घण्टाभित्रै केन्द्रिय कार्यालय पठाउन पनि मातहतका निकायलाई निर्देशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...