सादा पोशाकमा प्रहरी परिचालन नगर्न गृहमन्त्रीको निर्देशन



हाम्रो इकोनोमि

जिम्मेवार क्रियाकलापमा संलग्न भएको गुनासो आएपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सादा पोशाकमा प्रहरी परिचालित नगर्न निर्देशन दिएका छन् ।  बिहीबार गृहमन्त्रीले नेपाल प्रहरी केन्द्रिय कार्यालयलाई सादा पोशाकमा प्रहरीलाई ड्युटीमा नखटाउन निर्देशन दिएका हुन् ।

सादा पोशाकमा परिचालन हुने (घुमुवा) प्रहरी गैर-व्यवसायिक क्रियाकलापमा संलग्न हुने गरेको गुनासो आएको भन्दै गृहमन्त्रीले उक्त निर्देशन दिएका हुन् । सादा पोशाकका प्रहरीको जिम्मेवारी तत्काल परिवर्तन गर्न निर्देशन दिएपछि प्रहरी प्रधान कार्यालयले सातै प्रदेशका कार्यालयमा निर्देशन जारी गरेको छ । 

गृहको निर्देशनपश्चात् प्रहरी प्रधान कार्यालयले हाल परिचालन गरिएका सादा पोशाकका कर्मचारीलाई (अपराध अनुसन्धान शाखामा कार्यरतबाहेक) तत्काल जिम्मेवारी परिवर्तन गरेको छ ।

साथै, जिम्मेवारी परिवर्तन गरिएका प्रहरी कर्मचारीको नामावली दुई घण्टाभित्रै केन्द्रिय कार्यालय पठाउन पनि मातहतका निकायलाई निर्देशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित

     भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।...

बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)

  भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।...

धादिङ एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता

  रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २७ जना तीर्थयात्री र बस...

भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...