अछाममा ट्याक्टर दुर्घटना, ५ जनाको मृत्यु



 

 

 अछामको मेल्लेख गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मेल्लेख–७ नन्देगडाको सुयडीमा सोमबार बिहान भएको दुर्घटनामा ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा मेल्लेख–१ का ५५ वर्षीय रङ्ग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामी रहेकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीले जानकारी दिए । षोडशाबाट साँफेबगरतर्फ जाँदै गरेको ०१ ००२ त ४९७९ नम्बरको ट्याक्टर सुयडी नजिकै दुर्घटना भएको थियो ।दुर्घटनामा ४२ वर्षीय लालबहादुर धामी, ४० वर्षीय हंस धामी र १५ वर्षीय देवेन्द्र धामी घाइते भएकाे प्रहरी निरीक्षक साउदले बताए । मृतक र घाइते एउटै वडाका बासिन्दा हुन् । घाइते तीनै जनालाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
राज्यशक्तिको दुरुपयोग गरेर मलाई जेल हाल्न खोजियो : रवि लामिछाने

    सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले

एमालेलाई जग्गादानविरुद्धको रिट हेर्न नमिल्नेमा

    नेकपा एमालेको केन्द्रीय कार्यालय भवन बनाउन व्यवसायी मीनबहादुर गुरुङले गरेको जग्गादानविरुद्धको

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्ने

    सहकारी बचत अपचलन तथा संगठित अपराध अभियोगमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं

वर्तमान सरकार परिर्वतन हुदैन : शेखर कोइराला

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार परिर्वतनबारे सोच्न नसकिने