साहित्यकार परशु प्रधानको निधन



हाम्रो इकोनोमि

 

साहित्यकार परशु प्रधानको निधन भएको छ।कथा लेखनमा विशिष्ट छवि बनाएका प्रधानको ८० वर्षको उमेरमा सोमबार राति काठमाडौं बानेश्वरस्थित निवासमा निधन भएको हो।उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि अहिले निवासमै राखिएको छ। प्रधानको मंगलबार बिहान साढे ९ बजे पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने भएको छ।

२००० सालमा भोजपुरमा जन्मिएका प्रधानको पहिलो रचना ‘हाँसेकी ती चन्द्रमा’ हो। त्यो रचना २०१६ सालमा प्रकाशित भएको थियो। उनका ‘बक्ररेखा’, ‘फेरि आक्रमण’, ‘यौटा अर्को दन्त्यकथा’, ‘असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य’, ‘यौटा क्रान्तिपुरुषको जन्म’ लगायत कथा सग्रह प्रकाशित छन्। त्यसो त उनी बाल कथाका पनि सशक्त हस्ताक्षर हुन्। उनका एक दर्जन बाल कथा संग्रह प्रकाशित छन्। बालकथा संग्रह ‘नानीको कथा’, ‘सुनको छाती’, ‘विश्व परिकथा’, ‘बोल्ने चरो’ लगायत प्रकाशित छन्।निबन्ध, समीक्षामा उनले कलम चलाएका छन्। साहित्यकारका साथसाथै उनी राष्ट्रिय समाचार समितिको जागिरे पनि थिए। पछि उनी साझा प्रकाशनको जागिरे भए। २०२६ सालदेखि उनी प्रशासन सेवामा प्रविष्ट गरेका थिए। २०५१ सालमा प्रशासन सेवाबाट निवृत्त भएका थिए। दिवंगत प्रधान बाह्रखरी मिडियाका कार्यकारी अध्यक्ष तथा बाह्रखरी अनलाइनका प्रधान सम्पादक प्रतीक प्रधानका पिता पनि हुन्। प्रधानका दुई छोरा र दुई छोरी छन्।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...