बसन्तपुरमा ठड्याइयो चीर, सुरु भयो होली



हाम्रो इकोनोमि

 

 

फागु पर्वको आजदेखि विधिवत् रुपमा सुरुवात भएको छ । फागुन शुक्ल अष्टमी अर्थात् आज बिहान ७ बजेर ४७ मिनेटको शुभसाइतमा मौलिक बाजागाजासहित काठमाडौंको बसन्तपुरमा रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको भालुबाँसको चीर उठाइएको हो । फागुन शुक्ल अष्टमीको दिन पारेर काठमाडौं तँलाछीका धालासिक्व मानन्धर समूहले बसन्तपुरमा चीर ठड्याएपछि फागु पर्वको सुरुवात भएको छ । विशेषगरी फागुको चीर धालासिक्व मानन्धर सनाः गू खल समाजले चिर ठड्याउँदै आएको समाजका महासचिव गजेन प्रसाद मानन्धरले जानकारी दिनुभयो । चीर बनाउँदा नितान्त जुटको धागो प्रयोग गरिने र त्यसमा कोरा कपडाले बेरेर रङ्गीचङ्गी ध्वजा पताका उनेर चीर ठड्याएपछि विधिवत रुपमा होली पर्व सुरु भएको मानिन्छ । आइतबार बिहान बसन्तपुरको हनुमानढोका अगाडि शुभसाइतमा नेपाली सेना, गुर्जुको पल्टनलगायतको सहयोगमा चीर ठड्याएको हो ।काठमाडौं उपत्यकालगायत पहाडी भेगमा चैत ११ गते होली खेलेर फागु पर्व मनाइँदै छ भने तराई मधेशका विभिन्न जिल्लामा चैत १२ गते फागु पर्व मनाइने छ ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...