राजस्वले धान्न थाल्यो चालू खर्च



हाम्रो इकोनोमि

 

 

 आर्थिक वर्षको ८ महिना सकिएको छ । २०८०/८१ को फागुनसम्मको तथ्यांकअनुसार राजस्वले बल्ल चालू खर्च धान्न सकेको देखिन्छ । यद्यपि सम्पूर्ण आम्दानी (कर, गैरकर, अनुदान तथा अन्य प्राप्ति) भन्दा खर्च (चालू, पुँजीगत, वित्त) ) अझै पनि १ खर्ब ३७ अर्ब रूपैयाँले बढी छ । अघिल्लो वर्ष राजस्वले चालू खर्च धान्न सकेको थिएन । यस पटक गत वर्षको तुलनामा राजस्वमा बढोत्तरी देखिन्छ ।

हालसम्म ६ खर्ब ३९ अर्ब ४ करोड ६१ लाख रूपैयाँ राजस्व संकलन भएको छ भने चालू खर्च ५ खर्ब ८२ अर्ब १० करोड रूपैयाँ भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चालू खर्चभन्दा यसपटक राजस्व १० प्रतिशतले बढी देखिन्छ । गत वर्ष यसै अवधिमा ५ खर्ब ८२ अर्ब ७७ करोड १५ लाख रूपैयाँ राजस्व संकलन हुँदा चालू खर्च भने ६ खर्ब ८ अर्ब ८४ करोड रूपैयाँ भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । त्यतिबेला कर, गैरकर, अनुदान र अन्य प्राप्ति गरेर ६ खर्ब २२ अर्ब ७८ करोड रुपैयाँ संकलन भएको थियो । खर्च भने ७ खर्ब ७९ अर्ब २३ करोड रुपैयाँ भएको थियो । आठ महिनासम्म भन्सार महसुलबाट ५ खर्ब ४९ अर्ब र आन्तरिक राजस्व ३ खर्ब ६१ अर्ब उठ्ने लक्ष्य सरकारले राखेको अर्थमन्त्रालयले बताएको छ । तर, उक्त लक्ष्य भेट्न सकेको छैन जसका कारण सरकारको आम्दानी र खर्चको हिसाब किताब अझै मिल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...