सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन
निक्षेपको साँवा-ब्याज फिर्ता माग गर्दै सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् सहकारीपीडित बचतकर्ताहरूले बिहीबार दिउँसो भृकुटीमण्डपमा प्रदर्शन गरेका हुन् । आ-आफ्नो फसेको बचत रकम फिर्ता गराउन दबाब दिन उनीहरूले पैदल यात्रा र प्रदर्शन गरेका छन् । सहकारी बचतकर्ता संरक्षण तथा राष्ट्रिय अभियान महासंघले प्रदर्शन गरेको हो । आफूले निक्षेप जम्मा गरेको सहकारीको नामसहित उल्लेख रहेको प्लाकार्डसहित उनीहरूले प्रदर्शन गरेका छन् ।