दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट



हाम्रो इकोनोमि

 

 

लगातार दोस्रो दिन पनि शेयर बजार दोहोरो अंकले घटेसँगै कारोबार रकम पनि घटेको छ । साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से परिसूचक २७.८४ अंकले घटेर २०८०.८७ बिन्दुमा अडिएको छ । अघिल्लो दिन बुधबार मात्रै २ अंकले घटेको बजारमा ४ अर्ब २२ करोडको कारोबार भएको थियो ।

बिहीबार बजारमा १ करोड १४ लाख ८३ हजार ६१७ कित्ता शेयरको खरिद बिक्री हुँदा ३ अर्ब ९४ करोड ३५ लाख ९२ हजार रुपैयाँको कारोबार भएको छ । बजार घटेसँगै आज कारोबार रकम पनि घटेको छ । आजको कारोबारमा नेप्से दोहोरो अंकले घटेपनि वेन नेपाल लघुवित्त वित्तीय संस्था र मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमा सकारात्मक सकिर्ट लागेको छ । कारोबारका आधारमा अपर तामाकोशी हाइड्रोपावर ५० करोड ८९ लाख ८ हजार रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...