मूल्यवृद्धि ५ प्रतिशतमा झर्‍यो



हाम्रो इकोनोमि

 

 

 माघ महिनामा उपभोक्ता मूल्यवृद्धि ५.०१ प्रतिशतमा झरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्मको वित्तीय स्थिति रिपोर्टअनुसार उपभोक्ता मूल्यवृद्धि खुम्चिएको छ । गत वर्षको माघ महिनामा उपभोक्ता मूल्यवृद्धि ७.८८ प्रतिशत रहेकोमा यो माघ महिनामा २.८७ प्रतिशत विन्दुले कमी भएको हो । पेय पदार्थ समूहको मूल्यवृद्धि ६.५१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ३.८५ प्रतिशत रहेको विवरणमा उल्लेख छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्‍क ३२.११ प्रतिशत, दाल तथा गेडागुडीको ११.१५ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.७८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.०६ प्रतिशत र तरकारीको ७.५८ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्‍क १२.३३ प्रतिशतले घटेको छ । समीक्षा महिनामा गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्‍क १२.६१ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको ९.१५ प्रतिशत र शिक्षाको ७.३१ प्रतिशतले बढेको छ भने यातायात उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्‍क १.४१ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...