शेयर बजारमा हरियाली, करिब ३ अर्बको कारोबार



हाम्रो इकोनोमि

 

 

 लगातार तेस्रो कारोबारका दिन पनि शेयर बजारमा हरियाली छाएको छ । साताको पहिलो दिन आइतबार पनि नेप्से परिसूचक २२.१० अंकले बढेर २०५१.६५ बिन्दुमा अडिएको हो । गत बुधबार ९ अंकले बढेको शेयर बजार साताको अन्तम कारोबारका दिन बिहीबार १३ अंके बढेर बन्द भएको थियो । त्यसलगत्तै आज आइतबार खुलेको बजार २२ अंकले बढेर बन्द भएको हो । यसदिन बजारमा ७० लाख ४३ हजार ४५७ कित्ता शेयरको खरिदबिक्री हुँदा २ अर्ब ९२ करोड २७ लाख ७१ हजार रुपैयाँको कारोबार भएको छ । आजाको कारोबारमा वीन नेपाल लघुवित्त वित्तीय संस्था र जल्पा सामुदायीक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर सकारात्मक सकिर्टका सार्थ सार्वधिक नाफामा रहेका छन् भने चिरख्वा हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर कम्पनी र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । त्यस्तै, कारोबारका आधारमा आज सिभम सिमेन्टस २२ करोड ९३ लाख रुपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...