शेयर बजारमा हरियाली, करिब ३ अर्बको कारोबार



हाम्रो इकोनोमि

 

 

 लगातार तेस्रो कारोबारका दिन पनि शेयर बजारमा हरियाली छाएको छ । साताको पहिलो दिन आइतबार पनि नेप्से परिसूचक २२.१० अंकले बढेर २०५१.६५ बिन्दुमा अडिएको हो । गत बुधबार ९ अंकले बढेको शेयर बजार साताको अन्तम कारोबारका दिन बिहीबार १३ अंके बढेर बन्द भएको थियो । त्यसलगत्तै आज आइतबार खुलेको बजार २२ अंकले बढेर बन्द भएको हो । यसदिन बजारमा ७० लाख ४३ हजार ४५७ कित्ता शेयरको खरिदबिक्री हुँदा २ अर्ब ९२ करोड २७ लाख ७१ हजार रुपैयाँको कारोबार भएको छ । आजाको कारोबारमा वीन नेपाल लघुवित्त वित्तीय संस्था र जल्पा सामुदायीक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर सकारात्मक सकिर्टका सार्थ सार्वधिक नाफामा रहेका छन् भने चिरख्वा हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर कम्पनी र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । त्यस्तै, कारोबारका आधारमा आज सिभम सिमेन्टस २२ करोड ९३ लाख रुपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...