सरस्वती बहुमुखी क्याम्पसमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन अधिवेशन सम्पन्न



हाम्रो इकोनोमि

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन सरस्वती बहुमुखी क्याम्पस इकाई कमिटिको एतिहासिक प्रथम अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। अधिवेशन बाट अमिर कुतालको अध्यक्षतामा सत्ताइस (२७) सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ। अधिवेशनको प्रमुख अतिथि राप्रपाको केन्द्रीय सह- महामन्त्री प्रकाश रिमाल ज्यु र बिशेष अतिथिमा प्रतिनिधि सभा सदस्य माननीय साम्सद बिना लामा ज्यु लगायत संगठनको नेताहरुको उपस्थिति रहेको थियो।विद्यार्थीको उल्लासमय उपस्थितिमा क्याम्पसको अरु मित्र विद्यार्थी संगठनबाट रा प्र.वि.सं विद्यार्थी संगठनको प्रथम इकाई अधिवेशनको भव्य सफलताको शुभकामना र नयाँ कार्यसमिति लाइ बधाई व्यक्त गर्नु भएको थियो र साथै मन्तव्यको क्रममा सरस्वती बहुमुखी क्याम्पस स्ववियु सभापति मुस्कान राज गौतम ज्यू ले पनि शुभकामना प्रकट गर्नुभएको थियो। उहाँले यस सरस्वती बहुमुखी क्याम्पसमा यस संगठनबाट सकरात्मक साथ, सहयोग र विद्यार्थीको हक हितमा एकजुट हुनुपर्ने कुरा बताउनु भयको थियो । साथै रा.प्र.वि.सं. सरस्वती बहुमुखी क्याम्पस कमिटीका निवर्तमान अध्यक्ष कमल सिंखडा ज्यु ले अफ्नो मन्तव्य राख्दै उहाँले भन्नु भयो अाफुले यस संगठनलाई यहाँ सम्म लेराउन निकै ठूलो संघर्ष र त्याग गर्नु परेको र नयाँ बनेको कार्य समितिको कार्यकालको सफलताको शुभकामना ब्यक्त गर्नुु भयको थियो। यसमै उहाँले थप्दै भन्नु भयो यस क्याम्पसमा हुँदै आईरहेको र भैइरहेक विकृति विसगंति विरुद्ध, विद्यार्थी हक हित र विद्यार्थीको समस्या समाधान गर्ने, विद्यार्थी र क्याम्पस प्रशासन को बिचको माध्यम बन्छौं । विद्यार्थीहरुको हक हितमा काम गर्नु पर्ने अावाज उठाउदा क्याम्पस प्रशासन र पुराना संगठनले अस्वीकार गरेको तितो अनुभव पनि बताउनु भयको थियो र हामी अागामि दिनमा सहमति, सहकार्य र एकताका साथै सरस्वती बहुमुखी क्याम्पसलाई एक नमुना र उदाहरणिय क्याम्पस बनाउन हर समय लागि पर्ने पनि बताउनु भयाे।

प्रतिक्रिया दिनुहोस
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहलाई नैतिकताका आधारमा तत्काल...

प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न हुन्न : योगेश भट्टराई

  नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न खोजिरहेको आरोप लगाएका...

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    जेठ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

२०४६ देखि २०८२ चैत सम्म को-को पर्दैछन सम्पत्ति छानबिनमा

    सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदधारी बहाल र सेवा निवृत्त...