अर्धवार्षिक समीक्षा : राजस्व र खर्च दुबैमा सरकार फेल



हाम्रो इकोनोमि

 

 

 

 

 

सरकारले आज -माघ २९- चालु आर्थिक वर्ष २०८०-८१ को बजेटको अर्धवार्षिक समीक्षा गर्दैछ । चालू वर्षको ६ महिनामा सरकारले गर्न सकेको खर्च र उठेको राजस्वको आधारमा बजेटको अनुमान संशोधन हुँदै आएको छ । जेठ १५ गते १७ खर्ब ५१ अर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको सरकारले बजेटको संशोधित खर्च अनुमान आज सार्वजनिक गर्दैछ । अर्थमन्त्री डा. प्रकाश शरण महतले सो अनुमान सार्वजनिक गर्नेछन् । महालेखा नियन्त्रकको कार्यालयलाई आधार मान्ने हो भने हालसम्म -माघ मसान्तसम्म- ३८.७९ प्रतिशत अर्थात् ६ खर्ब ७९ अर्ब ४१ करोड रुपैयाँ मात्र बजेट खर्च भएको छ ।
माघ मसान्तसम्म सरकारले ५ खर्ब ६४ करोड रुपैयाँ राजस्व उठाएको छ । यो लक्ष्यको करिब ४० प्रतिशत मात्र हो । यसले पनि सरकारले बजेट खर्चमा संशोधन गर्ने देखिएको छ । राजस्वको लक्ष्य पनि घटाउन सक्ने देखिन्छ । अर्थ मन्त्रालयका अधिकारीहरूले बजेटको अनुमान संशोधन हुने बताएका छन् । आजै पत्रकार सम्मेलन गरेर बजेट समीक्षा सार्वजनिक हुने अर्थ मन्त्रालयले जनाएको छ । सरकारले चालु आर्थिक वर्षमा १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट सार्वजनिक गर्दा चालूतर्फ ११ खर्ब ४१ अर्ब रुपैयाँ, पुँजीगत तर्फ ३ खर्ब २ अर्ब रुपैयाँ, वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७ अर्ब रुपैयाँ विनियोजन गरेको थियो । यस्तै राजस्वबाट १२ खर्ब ४० अर्ब रुपैयाँ, वैदेशिक अनुदानबाट ४९ अर्ब ९४ करोड रुपैयाँ, वैदेशिक ऋणबाट २ खर्ब १२ अर्ब रुपैयाँ र आन्तरिक ऋणबाट २ खर्ब ४० अर्ब रुपैयाँ उठाउने लक्ष्य लिएको थियो । लक्ष्य भन्दा निकै कम राजस्व उठेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...