अर्धवार्षिक समीक्षा : राजस्व र खर्च दुबैमा सरकार फेल



हाम्रो इकोनोमि

 

 

 

 

 

सरकारले आज -माघ २९- चालु आर्थिक वर्ष २०८०-८१ को बजेटको अर्धवार्षिक समीक्षा गर्दैछ । चालू वर्षको ६ महिनामा सरकारले गर्न सकेको खर्च र उठेको राजस्वको आधारमा बजेटको अनुमान संशोधन हुँदै आएको छ । जेठ १५ गते १७ खर्ब ५१ अर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको सरकारले बजेटको संशोधित खर्च अनुमान आज सार्वजनिक गर्दैछ । अर्थमन्त्री डा. प्रकाश शरण महतले सो अनुमान सार्वजनिक गर्नेछन् । महालेखा नियन्त्रकको कार्यालयलाई आधार मान्ने हो भने हालसम्म -माघ मसान्तसम्म- ३८.७९ प्रतिशत अर्थात् ६ खर्ब ७९ अर्ब ४१ करोड रुपैयाँ मात्र बजेट खर्च भएको छ ।
माघ मसान्तसम्म सरकारले ५ खर्ब ६४ करोड रुपैयाँ राजस्व उठाएको छ । यो लक्ष्यको करिब ४० प्रतिशत मात्र हो । यसले पनि सरकारले बजेट खर्चमा संशोधन गर्ने देखिएको छ । राजस्वको लक्ष्य पनि घटाउन सक्ने देखिन्छ । अर्थ मन्त्रालयका अधिकारीहरूले बजेटको अनुमान संशोधन हुने बताएका छन् । आजै पत्रकार सम्मेलन गरेर बजेट समीक्षा सार्वजनिक हुने अर्थ मन्त्रालयले जनाएको छ । सरकारले चालु आर्थिक वर्षमा १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट सार्वजनिक गर्दा चालूतर्फ ११ खर्ब ४१ अर्ब रुपैयाँ, पुँजीगत तर्फ ३ खर्ब २ अर्ब रुपैयाँ, वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७ अर्ब रुपैयाँ विनियोजन गरेको थियो । यस्तै राजस्वबाट १२ खर्ब ४० अर्ब रुपैयाँ, वैदेशिक अनुदानबाट ४९ अर्ब ९४ करोड रुपैयाँ, वैदेशिक ऋणबाट २ खर्ब १२ अर्ब रुपैयाँ र आन्तरिक ऋणबाट २ खर्ब ४० अर्ब रुपैयाँ उठाउने लक्ष्य लिएको थियो । लक्ष्य भन्दा निकै कम राजस्व उठेको छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...