गठबन्धनले हार्ने देखेपछि स्काउटको अधिवेशन स्थगित गरे : ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्काउटको अधिवेशन रोक्न प्रधानमन्त्रीले हस्तक्षेप गरेकोप्रति आपत्ति जनाएका छन्। पार्टीनिकट बैंकिङ क्षेत्र कर्मचारी संघको महाधिवेशनलाई सम्बोधन गर्दै गठबन्धनले हार्छ भनेर अधिवेशन स्थगित गरेको आरोप लगाए । उनले भने, ‘स्काउट एउटा स्वतन्त्र संस्था हो। मानका लागि प्रधानमन्त्रीलाई संरक्षक भनिएको छ । त्यसको विधानमा संरक्षकले निर्देशन दिनसक्ने भनेको छ। निर्देशन दिने भनेको भताभुंग पार्ने निर्देशन भनेको होइन । सकारात्मक काम गर्न भनेको हो हस्तक्षेप गर्नुलाई निर्देशन भनिँदैन । विदेशि पाहुना आइसके, सबै ठाउँमा अधिवेशनको तयारी भइसक्यो । गठबन्धनले नजित्ला जस्तो देखियो रे । आजबाट सम्मेलन छ चुनावसुनाव होला सायद, हिसाब गर्दा गठबन्धनले नजित्ने सम्भावना देखियो रे त्यसो भएर सम्मेलन स्थगित गर्नू भनेका छन् । कांग्रेसले लुटेर खाइरहेको छ दादागिरी देखाएर खाइरहेको छ ।

पहिले पनि स्काउट भंग गर्दा अदालतले कामकाज यथावत् गर्न आदेश दिएको स्मरण गरे । अदालतको आदेश विपरित सरकारले आरोप लगाए । उनले थपे, मैले आज मात्रै प्रधानमन्त्रीजीलाई सोधे, हारिने भएको साँचै हो? स्काउटमा प्रधानमन्त्रीले, कांग्रेसले कसरी हार्छ मैले बुझिन क्या । स्काउटमा त्यहाँको पो कुरा हुन्छ त । के भन्या हो त्यो ? आफ्नो प्रश्नमा प्रधानमन्त्रीले मिलाएर जान्छौ भन्न खोजेको जवाफ दिएको बताए । उनले सरकारले स्काउट मात्रै नभएर रेडक्रस पनि चलाउन नदिएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...