लक्ष्यअनुसार राजश्व नउठ्दा सरकार दबाबमा



हाम्रो इकोनोमि

 

 

अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले चालु आर्थिक वर्षमा निर्धारण गरेको लक्ष्यअनुसार राजश्व नउठ्दा सरकार दबाबमा परेको बताएका छन् । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजश्वको दृष्टिकोणबाट सरकार अझै धेरै दबाबमा रहेको बताएका हुन् । राजश्व केही वृद्धि भए पनि लक्ष्यअनुसार उठ्न नसकेको भन्दै उनले राजश्व संरचनामा परिवर्तनका कारण लक्ष्यअनुसार उठ्न नसकेको बताएका हुन् । उनले भने, ‘अहिले हामी राजश्वको दृष्टिकोणबाट अझै धेरै दबाबमा छौं । राजश्व केही वृद्धि भएको छ । तर हामीले जुन लक्ष्य निर्धारण गरेका थियौँ, त्यो अनुसार हुन सकेको छैन । त्यो नहुनुको कारण एउटा त राजश्व संरचनामा परिवर्तन आइरहेको छ ।

विद्युतीय सवारीसाधनहरुको आयात इन्धनमुखी सवारीको भन्दा दोब्बर बढी भएकाले पनि भन्सार राजश्व कम उठेको पनि उनले बताए । इन्धनमुखी सवारीसाधनको तुलनामा विद्युतीय सवारीसाधनको भन्सार न्युन राखेकाले पछिल्लो आँकडामा ३४÷३५ अर्ब कम भन्सार राजश्व उठेको उनको भनाइ छ । उनले आन्तरिक राजश्व कार्यालय र भन्सार कार्यालयले आफूलाई प्रविधिमैत्री बनाउँदै लैजान जरुरी रहेको बताए । अनलाइन प्रणालीलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न जरुरी रहेको मन्त्री महतले बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...