गैर आवासीय नेपाली संघद्वारा सेती अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण




गैर आवासीय नेपाली संघ(एनआरएनए) ले सेती प्रादेशिक अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ । विभिन्न देशमा बसोबास गर्ने संघमा आवद्ध गैर आवासीय नेपालीहरुबाट सहयोग संकलन गरेर खरिद गरेर जडान गरिएको अक्सिजन प्लान्ट बिहीबार प्रादेशिक अस्पताललाई हस्तान्तरण गरिएको हो ।

गैर आवासीय नेपाली संघका अध्यक्ष डा.बद्री केसीले प्रादेशिक अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्ट प्रदेशका सामाजिक विका मन्त्री झपट साउँदमार्फत हस्तान्तरण गरेका हुन् । केसीले विदेशमा बसोबास गर्दै आएका नेपालीहरुको सहयोगमा सबै प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट हस्तान्तरण गर्ने योजनाअनुार सेतीमा पनि जडान गरिएको बताए ।

उनकाअनुसार एनआरएनएले एक करोड ३५ लाखको लागतमा सेती प्रादेशिक अस्पताललाई अक्सिजन प्लान्ट खरिद गरेर जडान गरिएको हो । कोरोना भाइरसको महामारी फैलिएका बेला अक्सिजन अभावका कारण धेरै नेपालीले संक्रमणबाट ज्यान गुमाउनुपरेको अवस्था पुनः नदोहोरियोस् भन्ने उद्देश्यले संघले सातै प्रदेशका प्रादेशिक स्तरका अस्पतालमा अक्सिजन प्लान्ट हस्तान्तरण गरिएको उनको भनाई थियो । हस्तान्तरण कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री साउँदले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा केही नयाँ गरौँ भन्ने चाहाना भएपनि पर्याप्त स्रोत, साधनको अभावका कारण समस्या हुने गरेको बताए ।

साउँदले सोही कारण दातृ निकायहरुसँग सहयोगको अपिल गर्नुपर्ने अवस्था प्रदेश सरकारको रहेको सुनाए ।

उनले एनआरएनएले सुदूरपश्चिम प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पताललाई अक्सिजन प्लान्ट सहयोग गरेर स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान गरेको भन्दै धन्यवाद समेत दिएका छन् ।

गैर आवासीय नेपाली संघले हस्तान्तरण गरेको अक्सिजन प्लान्ट सेती प्रादेशिक अस्पतालले पाँच महिना अगाडी जडान गरेर सञ्चालनमा ल्याएको थियो । उक्त अक्सिजन प्लान्टले प्रती घण्टा ८ वटा सिलिन्डर अक्सिजन भर्न सक्ने प्रादेशिक अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्