चैत १५ गतेदेखि एसईई, ४ लाख ८९ हजार परीक्षार्थी



हाम्रो इकोनोमि

 

 

यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ गते बिहीबारदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सोमबार नियमित र ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको हो । परीक्षा चैत २७ गतेसम्म सञ्चालन हुनेछ । परीक्षामा ४ लाख ८९ हजार परीक्षार्थीले सहभागी हुन आवेदन दिएका छन् । पहिलो दिन अनिवार्य अंग्रेजी, दोस्रो दिन नेपाली, चौथो दिन गणित र छैटौं दिन विज्ञान विषयको परीक्षा सञ्चालन हुने कार्यालयले जनाएको छ ।यसपटक एसईईमा सहभागी हुने विद्यार्थीले नयाँ पाठ्यक्रमको आधारमा पठनपाठन गरिरहेका छन् । यसै वर्षदेखि नयाँ ग्रेडिङ प्रणाली लागू हुँदैछ । जसमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक ल्याउने विद्यार्थी नन्ग्रेडिङ (एनजी) मा पर्नेछन् ।

दुई विषयसम्म एनजी आउने विद्यार्थीले ग्रेडिवृद्धि परीक्षा दिन पाउनेछन् । दुईभन्दा बढी एनजी आए अर्को वर्ष ती विषयको परीक्षा दिनुपर्नेछ । कक्षा १२ मा गत दुई वर्षदेखि नै उक्त प्रणालीअनुसार नतिजा सार्वजनिक हुँदै आएको छ । यसअघि सैद्धान्तिक र प्रयोगात्मकको अंक जोडेर विद्यार्थीलाई न्यूनतम ३५ प्रतिशत अंक नल्याए विद्यार्थीले ग्रेड प्राप्त गर्ने व्यवस्था थियो । २०७६ देखि विद्यालय तह कक्षा १–१२ मा नयाँ पाठ्यक्रम लागू भएसँगै मूल्यांकनमा पनि पाठ्यक्रम विकास केन्द्रले नयाँ ग्रेडिङ प्रणाली लागू गरेको हो ।

प्रतिक्रिया दिनुहोस
परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

    राहदानीसम्बन्धी कसुरमा अनुसन्धानका लागि परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका...

आन्दोलनको लागी तयार हुन एमालेलाई महासचिवको निर्देशन

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले शासकीय अनुभव नभएका मानिसहरू सरकारमा पुगेकाले देश...

सबै पालिकामा पार्टी जागरण अभियान शुरु गर्न निर्देशन

    नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मिसन पार्टी जागरण पार्टी निर्माणको महत्वपूर्ण...

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयो

  नेपाल आयल निगमले सामान्यतया प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा पेट्रोलियम...