नेपाल इनभेस्टमेन्ट मेगा बैंकले काठमाडौंमा खोल्यो दुइवटा शाखा



हाम्रो इकोनोमि

 

 

नेपाल इनभेस्टमेन्ट मेगा बैंक लिमिटेडले बिहीबारदेखि काठमाडौंमा दुइटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं। ३१ मा शंखमूल शाखा र काठमाडौं महानगरपालिका वडा नं। २९ मा अनामनगर शाखा सञ्चालनमा ल्याएको हो । यी दुई शाखाहरू गरी बैंकको कुल शाखा संख्या २६४ पुगेको छ । नयाँ शाखाहरूबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवा सुरू भएको बैंकले जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले नयाँ शाखाहरूको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा सिइओ पाण्डेले नयाँ शाखाहरूबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधा दिने बताए । साथै काठमाडौं उपत्यकामा चाँडै थप शाखा खोल्ने जानकारी दिए । हाल बैंकको २६४ शाखा कार्यलय, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखारहित बैंकिङ र २५५ वटा एटिएम छन् ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...