नेपाल इनभेस्टमेन्ट मेगा बैंकले काठमाडौंमा खोल्यो दुइवटा शाखा



हाम्रो इकोनोमि

 

 

नेपाल इनभेस्टमेन्ट मेगा बैंक लिमिटेडले बिहीबारदेखि काठमाडौंमा दुइटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं। ३१ मा शंखमूल शाखा र काठमाडौं महानगरपालिका वडा नं। २९ मा अनामनगर शाखा सञ्चालनमा ल्याएको हो । यी दुई शाखाहरू गरी बैंकको कुल शाखा संख्या २६४ पुगेको छ । नयाँ शाखाहरूबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवा सुरू भएको बैंकले जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले नयाँ शाखाहरूको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा सिइओ पाण्डेले नयाँ शाखाहरूबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधा दिने बताए । साथै काठमाडौं उपत्यकामा चाँडै थप शाखा खोल्ने जानकारी दिए । हाल बैंकको २६४ शाखा कार्यलय, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखारहित बैंकिङ र २५५ वटा एटिएम छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...