वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाए



हाम्रो इकोनोमि

 

 

वाणिज्य बैंकहरूले माघ महिनाको लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूको औसतमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर माघ महिनाका लागि ८.१७ प्रतिशत भएको छ । पुस महिनामा ८.९९ प्रतिशत थियो । सबैभन्दा बढी ब्याज दिनेमा नेपाल बैंकर्स संघका अधयक्षसमेत रहेका सुनिल केसी सीईओ भएको बैंक एनएमबी रहेको छ । एनएमबी बैंकले सबैभन्दा धेरै ९ प्रतिशतसम्म ब्याज दिने भएको हो । एनएमबीले पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएको हो । सरकारी स्वामित्वको कृषि विकास बैंकले भने सबैभन्दा कम ८.९६ प्रतिशतसम्म ब्याजदर तोकेको छ । एभरेष्ट बैंकले पनि पुस महिनाकै ब्याजदर यथावत राखेको छ । पछिल्लो समय हरेक महिना जसो ब्याजदर घटिरहेको छ । बैकहरुमा अधिक तरलता र कम लगानी हुँदा निक्षेप व्यवस्थापनमा हम्मेहम्मे परेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...