शेयर बजारमा ६ अर्बभन्दा बढीको कारोबार



हाम्रो इकोनोमि

 

 

मंगलबार शेयर बजारमा उत्साह देखिएको छ । यो दिन ८ वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । २०.६२ अंकले बढेको बजारमा ६ अर्ब ११ करोड रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ । कर्णाली डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, कालिका लघुवित्त वित्तिय संस्था, सप्तकोशी डेभलपमेन्ट बैंक, अपर स्याङ्गे हाइड्रोपावर, त्रिशुली जलविद्युत कम्पनी, मुक्तिनाथ कृषि कम्पनी र हिमालयन रिइन्सुरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट (१० प्रतिशतले बढेको) लागेको छ ।

सोमबारबाट कारोबार सुरु भएको हिमालयन रिइन्सुरेन्सको शेयर मूल्य प्रतिकित्ता ३७४ रुपैयाँ पुगेको छ । यसको पहिलो कारोबार प्रतिकित्ता ३०९ रुपैयाँमा खुलेको थियो । अहिले बैकिङ प्रणालीमा लगानीयोग्य रकम बढी भएको र ब्याजदर अझै सस्तिने भएपछि सेयर बजारमा यसले सकारात्मक प्रभाव पारेको विश्लेषकहरु बताउँछन् । आज ३०९ कम्पनीको १ करोड ७९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको हो । कारोबार रकममा सोना मिनरल्स एन्ड आयल लिमिटेड अग्रस्थानमा छ । यसको २१ करोड ४९ लाख रुपैयाँभन्दा बढी कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...