कांग्रेसको मेलमिलाप दिवसमा रास्वपा र राप्रपालाई छैन निम्तो



 

 

नेपाली कांग्रेसले भोलि मेलमिलाप दिवस मनाउँदैछ । मेलमिलाप दिवस भव्यरूपमा मनाउने भन्दै कांग्रेसले ठूला सबै राजनीतिक दललाई आमन्त्रण गरेको छ । तर, प्रतिनिधिसभाको चौथो र पाँचौ ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई भने बोलाएको छैन ।कार्यक्रममा बोलाउने दलहरूको निश्चित मापदण्ड तोकिएको भएकाले रास्वपा नपरेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए ।

केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्दै क्रममा रास्वपालाई आमन्त्रण नगरिएकोबारे सञ्चारकर्मीको जिज्ञासामा उनले भने, लोकतन्त्रका लागि योगदान पुर्‍याएका १२ बुँदे समझदारीमार्फत् नेपालमा राजनीतिक स्थिरताका लागि आन्दोलन गरेका र वृहत् शान्ति सम्झौतामार्फत् आन्दोलन अन्त्य गरेका पक्षहरुका बीचमा एउछा अन्तक्रिया गरेका छौं । रास्वपामात्रै होइन यो मापदण्डमा नपरेकाहरूलाई बोलाएका छैनौं । उनले आफ्नो मादपण्डमा परेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेलाई बोलाएको बताए । दलको आकारको कारण नभएर मापदण्डभित्र नपरेकाले छुटेको विश्वकर्माको प्रष्टीकरण थियो । यस्तै, कार्यक्रममा राप्रपालाई पनि आमन्त्रण नगरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस
माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै

    नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका

दाङमा जिप दुर्घटना,२ जनाको मृत्यु, ३ घाइते

    दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३

माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको