सहभागी सबै उठेर गए, खाली चौरमा मन्त्रीको भाषण



हाम्रो इकोनोमि

 

 

गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशिला सिम्खडाको एउटा तस्वीर यतिबेला चर्चामा छ । तस्वीरमा मन्त्री सिम्खडा मञ्चमा उभिएर भाषण गरिरहेको, मञ्च अगाडिको मैदान पुरै खाली रहेको र एक पुरुषले मन्त्रीको तस्वीर खिचिरहेको देखिन्छ । यो तस्वीर पोखरा रंगशालामा शुक्रबार सुरु भएको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा लिइएको हो । कास्की जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा मन्त्री सिम्खडा प्रमुख अतिथिका रुपमा डाकिएकी थिइन् ।

उद्घाटन समारोहअघि मार्चपास गरिएको थियो । जसमा प्रतियोगितामा भाग लिने खेलाडी, विद्यार्थी, प्रशिक्षकसहितसयौंको संख्यामा सहभागी थिए । औपचारिक उद्घाटन कार्यक्रम पनि निर्धारित समयभन्दा ढिलो हुँदा कतिपय प्रतियोगिता कभर्ड हलमा सुरु भइसकेका थिए ।उद्घाटन समारोह लामो हुन थालेपछि सहभागीहरु पनि एकएक गर्दै बाहिरिन थाले । प्रत्यक्षदर्शीका अनुसार मन्त्री सिम्खडाको बोल्ने पालो आउँदा मैदानमा केही संख्यामा पत्रकारबाहेक कोही पनि बाँकी रहेनन् । मन्त्री सिम्खडाले खेलाडीहरुलाई शुभकामना लक्षित मन्तव्य दिइरहँदा भने त्यहाँ कोही खेलाडी उपस्थित थिइनन् । त्यहीबेला उनका श्रीमान जनक बिसी फोटो खिच्न मञ्च अगाडि पुगेका थिए । विष्ट मन्त्री सिम्खडाका स्वकीय सचिवसमेत हुन् । तस्वीरमा देखिएको त्यही दृश्यले अहिले चर्चा कमाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...