प्रदर्शनकारीले मलाई निकालेर गाडीमा आगो लगाए : मन्त्री ज्वाला



हाम्रो इकोनोमि

 

 

 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले आफूलाई निकालेर प्रदर्शनकारीले गाडीमा आगो लगाइदिएको बताएका छन् । रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षाको विषयलाई लिएर आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले शुक्रबार मध्याह्न ललितपुरको बालकुमारीमा मन्त्री ज्वाला चढेको बा २ झ ५८६१ नम्बरको गाडी जलाइदिएका हुन् ।

‘म बालकुमारीबाट सातदोबाटोतर्फ जाँदै थिएँ । हतारमा पनि थिएँ । बीचमा इपिएसवालाको लफडा चलिरहेको रहेछ! मलाई थाहा थिएन । उनीहरू आन्दोलन गरिरहेका थिए । प्रहरीसँग पनि तनाबकै अवस्था रहेछ । हाम्रो गाडीलाई बीचमा पारिहाले । निशानामा हामी पर्‍यौं । उनीहरूले पहिले हावा खुस्काए । धकेलाधकेल गर्न थाले। मैले केही मेसै पाइनँ,’ उनले भने ।आफूसहित दुई जना पिएसओ र चालक सकुशल निस्किए पनि मन्त्रालयका कागजात जलाएको उनले बताए । हामी त कसोकसो उम्कियौं । ल्यापटप, मन्त्रालयसँग सम्बन्धित कागजात केही निकाल्न पाइएन । सबै त्यहीँ पर्‍यो । हामी भीडबाट सकुशल उम्कियौं । गाडीचाहिँ पूरै आगो लगाएका छन् । त्यहाँ अहिले पनि तनाबकै अवस्था छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
किन पक्राउ परे दुर्गा प्रसाईं ?

   झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं गत शुक्रबार मध्यान्ह दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ...

एमाले गुगलमा होईन भूगोलमा हुन्छ : महेश बस्नेत

    नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा...

चीनको १५आौं पञ्चवर्षीय योजनाबाट नेपाल लाभान्वित हुनुपर्छ

    चीन सम्बन्धका विज्ञहरुले चीनको खुलापन र १५आौं पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष...

दुई वटा बस ठोकिँदा ट्रिपर चालकको मृत्यु

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङ, थाक्रे–६, दसकिलोमा बस दुर्घटना हुँदा एक जनाको...