प्रदर्शनकारीले मलाई निकालेर गाडीमा आगो लगाए : मन्त्री ज्वाला



हाम्रो इकोनोमि

 

 

 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले आफूलाई निकालेर प्रदर्शनकारीले गाडीमा आगो लगाइदिएको बताएका छन् । रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षाको विषयलाई लिएर आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले शुक्रबार मध्याह्न ललितपुरको बालकुमारीमा मन्त्री ज्वाला चढेको बा २ झ ५८६१ नम्बरको गाडी जलाइदिएका हुन् ।

‘म बालकुमारीबाट सातदोबाटोतर्फ जाँदै थिएँ । हतारमा पनि थिएँ । बीचमा इपिएसवालाको लफडा चलिरहेको रहेछ! मलाई थाहा थिएन । उनीहरू आन्दोलन गरिरहेका थिए । प्रहरीसँग पनि तनाबकै अवस्था रहेछ । हाम्रो गाडीलाई बीचमा पारिहाले । निशानामा हामी पर्‍यौं । उनीहरूले पहिले हावा खुस्काए । धकेलाधकेल गर्न थाले। मैले केही मेसै पाइनँ,’ उनले भने ।आफूसहित दुई जना पिएसओ र चालक सकुशल निस्किए पनि मन्त्रालयका कागजात जलाएको उनले बताए । हामी त कसोकसो उम्कियौं । ल्यापटप, मन्त्रालयसँग सम्बन्धित कागजात केही निकाल्न पाइएन । सबै त्यहीँ पर्‍यो । हामी भीडबाट सकुशल उम्कियौं । गाडीचाहिँ पूरै आगो लगाएका छन् । त्यहाँ अहिले पनि तनाबकै अवस्था छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...